May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

नक्कली नम्बरप्लेट राखेर चलाएको नगरपालिकाको मोटरसाइकल प्रहरी नियन्त्रणमा

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:१५
नक्कली नम्बरप्लेट राखेर चलाएको नगरपालिकाको  मोटरसाइकल प्रहरी नियन्त्रणमा

झापा : नक्कली नम्बर प्लेट राखेर चलाएको कनकाई नगरपालिकाको नाममा दर्ता कायम रहेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।ट्राफिक प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

कनकाई नगरपालिकाको नाममा यातायात व्यवस्था कार्यालय बिर्तामोडमा दर्ता कायम रहेको मे १ ब ५९७ नम्बरको १२५ सीसीको टीभीएस कम्पनीको मोटरसाइकलमा मे १० प ३८८५ नम्बर राखेर प्रयोग गरिएको पाइएको थियो । सन् २०१८ मा निर्माण भएको सो मोटरसाइकल २०७५ जेठ २७ गते श्री अटो ली. सुरुङ्गाको नामबाट कनकाई नगरपालिकाको नाममा नामसारी भएको यातायात व्यवस्था कार्यालय बिर्तामोडले जनाएको छ ।

कार्यालयका अनुसार नगरपालिकाको नाममा नामसारी भएपछि मोटरसाइकलमा मे १ ब ५९७ कायम गरिएको थियो । सो मोटरसाइकल जगदम्बा मोटर्स प्रालि काठमाडौँले वीरगन्ज भन्सारबाट २०७५ साल बैशाख २८ गते इजाजत पत्र ६३६०९ मार्फत नेपाल भित्र्याएको थियो ।

श्री अटोको नाममा दर्ता हुँदा रहेको पुरानो मे १० प ३८८५ नम्बर राखेर कर्मचारीले सो मोटरसाइकल प्रयोग गरेको पाइएको छ । पुरानो नम्बर खारेज भई नयाँ नम्बर कायम भइसकेपछि पुरानै नम्बर प्रयोग गरिनु गैर कानुनी हुने यातायात व्यवस्था कार्यालय बिर्तामोडका निमित्त कार्यालय प्रमुख पदम कट्टेलले जानकारी दिए । ‘नयाँ नम्बर कायम भइसकेपछि पुरानो नम्बर राख्नु भनेको नक्कली नम्बर प्रयोग गर्नु जस्तै हो,’ उनले भने, ‘त्यसो गर्नु कानुनी कार्य मानिँदैन ।’ उच्च पदस्थ कर्मचारीहरूको हकमा कार्यालयले निर्णय गरेर पठाए निजी नम्बर प्लेट कायम गर्न सकिने उनले बताए ।

एउटै गाडीमा दुई वटा नम्बर राखेर चलाउन नपाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए । नगर प्रमुखसँग पनि यस विषयमा बुझ्ने काम भइरहेको भन्दै उनले कानुनअनुसार अघि बढ्ने बताए ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।