April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

करेन्ट लागेर विद्यार्थीको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १३:४८
करेन्ट लागेर विद्यार्थीको मृत्यु

सप्तरी। सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।

विद्यालय द्धारा आयोजित हाउस वाईज क्रिकेट तुर्नामेंटमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका -२ झुटकी  हाल राजविराज नगरपालिका -५ बस्ने लक्ष्मण यादवको छोरा  १५ वर्षीय पेसलान्नद यादवको आज बिहान मृत्यु भएको हो ।

राजविराज कुनौली रोडमा रहेको सो विद्यालयमा साउण्ड सिस्टम बजाउन  विद्युतको पोलमा हुकिङ गर्न खोज्दा करेन्ट लागेर घाइते भएका विद्यार्थीलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा पुराएलगत्तै उनको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । यता मृतकका आफन्तले भने विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । घटनाबारे विद्यालयका प्रिन्सिपल नरेशप्रताप साहसँग बुझ्न खोज्दा समर्पक हुन सकेन ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १३:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।