December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

भारतको बिहारमा गोली हानी २ को हत्या, प्रहरी भन्छ- ‘प्रेम प्रसंग’

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:१६
भारतको बिहारमा गोली हानी २ को हत्या, प्रहरी भन्छ- ‘प्रेम प्रसंग’

नयाँदिल्ली । भारत बिहारको लखिसराय जिल्लामा एक परिवारमाथि भएको गोली प्रहारबाट दुईजनाको मृत्यु भएको छ । गोली प्रहारबाट चारजना सख्त घाइते भएका छन् ।

लखिसरायको कबैयाको पंजाबी टोलमा यो घटना सोमबार बिहान भएको बीबीसीले समाचारमा जनाएको छ । घटनाबारे जाँच गरिरहेको प्रहरीका अनुसार यो घटना प्रेम प्रसंग र विवाहको विषयमा भएको हो ।

लखीसरायका पुलिस अधीक्षक (एसपी) पंकज कुमारले बीबीसीलाई भनेका छन्, ‘आशीष चौधरी नामका एक युवकले करिब पाँच वर्षअघि दुर्गा नामकी एक युवतीसँग विवाह गरेका थिए । करिब डेढ वर्षपछि दुर्गाले आशिषको साथ छाडिन् र अर्का युवकका साथ बस्न थालिन् । आशिषले यसको विरोध गरिरहेका थिए । दुर्गा दुई दिनअघि मात्र छठ मनाउन आफ्नो माइती आएकी थिइन् । आशिषले दुर्गालाई आफूसँग बस्न आग्रह गरे । आशिषको यो कुरालाई दुर्गा र उनको परिवारले स्वीकार गरेन ।’

एसपी पंकज कुमारका अनुसार यही विषयमा आशिषले अन्य दुई जनाको साथ लागेर दुर्गाको परिवारमाथि गोलाबारी गरे । जसमा दुई जनाको ज्यान गयो । घाइते भएका चार जनालाई उपचारका लागि पटना पठाइएको बीबीसीले जनाएको छ ।

यो गोलाबारी त्यसबेला भयो जब दुर्गा र उनको माइतीहरु उदाउँदो सूर्यलाई अर्घ्य दिएर घर फर्किरहेका थिए ।

एसपी पंकज कुमारका अनुसार आशिष अहिले फरार छन् । उनलाई पक्राउ गर्नका लागि प्रहरीले ठाउँठाउँमा छापा हानिरहेको छ ।

यो गोलाबारीपछि आशिषका एक सहयोगीलाई प्रहरीले पक्राउ गरिसकेको छ । हत्यामा प्रयोग गरिएको दुई मध्ये एउटा हतियारसमेत प्रहरीले बरामद गरिसकेको जनाएको छ । -बीबीसी

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।