May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एमालेलाई माओवादीको जवाफ : संसद्‍मा आफ्नो कुरा राख्‍न पाइन्छ

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १४:२२
एमालेलाई माओवादीको जवाफ : संसद्‍मा आफ्नो कुरा राख्‍न पाइन्छ

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरू उठान गर्न पाइने बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधबारको प्रतिनिधिसभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसदमा समय माग गरी बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन्।

उनले संसदलाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्ष दलले यस्ता विषयवस्तु उठाउन नहुने बताए। उनले सार्वभौम संसदमा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसदलाई व्यवस्थित रूपमा लैजानुपर्नेमा जोड दिए।

‘हामी यो संसदमा छौँ, संसदलाई व्यवस्थित रूपमा अघि बढाउने कुरा गरिरहेका छौँ। हामीले यही संसदलाई अघि बढाउने, आफ्ना कुरा संसदमा राख्ने भन्यौँ, त्यही अनुसार कुरा गरिसकेपछि अहिले जुन खालको विषयवस्तु गरिएको छ, प्रमुख प्रतिपक्ष दलमा यो सार्वभौम संसद हो, सार्वभौम संसदमा बोल्न, विषयवस्तु राख्न पाइन्छ। आफ्ना आफ्ना कुरा राख्न मिल्छन्। यसलाई व्यवस्थित रूपमा लगियोस्। यो देशमा अहिले जसरी भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार भइरहेका विषयवस्तुहरूलाई छानबिन गर्नुपर्छ,’ उनले भने।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरूले सरकारकाविरूद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए। सत्तारूढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद चल्न नदिने अडान लिएका छन्।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट