July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

आईसीसी टी–२० विश्वकप : वार्म अप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १५, २०८१ ११:५३
आईसीसी टी–२० विश्वकप : वार्म अप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको आधिकारिक वार्म अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । ड्यालमा सोमबार भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । जवाफमा नेपाल १९.३ ओभरमा सवै विकेट गुमाएर १२० रनमा रोकिन पुग्यो ।

लक्ष्य पछ्याउने क्रममा नेपालका सुरुआत भने खास रहेन । पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले १८ रनको साझेदारी गरका थिए । पहिलो विकेटको रुपमा कुशल भुर्तेल व्यक्तिगत १० रन बनाएर आउट भए । उनले १६ बल फेस गर्दा २ चौका प्रहार गरे । त्यसपछि आशिफ र अनिल साहले पारि अघि बढाए । ९.४ ओभरमा ५७ रनको स्कोर हुँदा नेपालले आशिफलाई गुमायो । आशिफले २२ बलमा २२ रन बनाउँदा ३ चौका प्रहार गरेका थिए ।

यसैगरी लगत्तै अनिल साह पनि पभेलियन फर्किए पछि नेपाली टोली दबावमा आयो । अनिलले १६ बलमा एक छक्का र दुई चौकाको मद्दतले २२ रन बनाएर ९.३ ओभरमा पभेलियन फर्किका थिए । कप्तान रोहित पौडेल चल्न सकेनन् । उनले तीन बल फेस गर्दा एक रन बनाएर आउट भएका थिए ।

क्रिजमा रहेका कुशल मल्लले केही प्रयास गरे । उनले ३० बलमा ३७ रनको पारि खेल्दा दुई छक्का र दुई चौका प्रहार गरेका थिए । यसैगरी, सन्दी जोरा ६ रन बनाएर आउट हुँदा गुलसन झा खाता पनि खोल्न असफल भए । सोमपाल कामी ४, करण केसी र सागर ढकाल ५–५ रन बनाएर आउट भएका थिए । अभिनास बोहोरा खाता नखोल्दै आउट हुँदा नेपाल १९.३ ओभरमा अलआउट हुँदै स्कोरबोर्डमा जम्मा १२० रन बनायो ।

नेपालका लागि अभिनास बोहराले २ तथा करण केसी, सोमपाल कामी, गुलसन झा, सागर ढकाल र ललित राजवंशीले समान १÷१ विकेट लिए । नेपालले दोस्रो वार्म अप खेल अमेरिकासँग मे ३० मा खेल्नेछ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १५, २०८१ ११:५३

प्रतिक्रिया