sweet bonanza
February 11, 2026 | बुधबार, माघ ३०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘सीमान्त गुरु’ भरत भट्टराईको यस्तो धन्दा

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १४:५६
‘सीमान्त गुरु’ भरत भट्टराईको यस्तो धन्दा

काठमाडौं । ‘सीमान्त गुरु’ भनिने भरत भट्टराईको यो कस्तो धन्दा हो । आँखामा हेरेर जस्तोसुकै रोग निको पार्ने भन्दै उपचारको नाममा ठगी धन्दा चलाउँदै आएका ‘सीमान्त गुरु’ काठमाडौं फर्किएका छन् । तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित सूर्यकिरण टोलमा रहेको अलौकिक सीमान्त गुरु मनोवैज्ञानिक शास्त्री ज्योतिष प्रालिमार्फत् ठगी धन्दालाई निरन्तरता दिने योजनामा उनी काठमाडौं भित्रिएको स्रोतले बताएको छ ।

उक्त केन्द्रमा बसेर भट्टराईले टिकटक लाइभ र भिडियो कलमार्फत् सर्वसाधारणलाई रोग निको हुने भन्दै भ्रम फैलाउने कामलाई निरन्तरता दिइरहेका छन् । “गुरु अहिले टिकटक लाइभ र भिडियोबाट मात्रै परामर्श दिइरहनुभएको छ, व्यवस्थित गरेर केही दिनपछि बिरामीलाई बोलाउँछौँ” उनका सहयोगीले भने ।

यता, तारकेश्वर नगरपालिका वडा नम्बर ७ ले भट्टराईको गलत कामबारे गुनासो आएपछि ज्योतिष केन्द्र बन्द गराउन पहल थालेको छ । “यही वडामा उनीजस्तै माता गुरुजस्ता नाममा अरु ठगी कार्य पनि भइरहेको बुझेका छौँ । हामीले प्रहरी र स्थानीयको सहयोगमा उनको व्यवसाय बन्द गर्न पहल गरिरहेका छौँ,” वडा सचिव हरिकृष्ण अर्यालले भने ।

यसअघि स्थानीयसँग पैसा लिएर उपचार गर्ने भन्दै तुलसीपुर उपमहानगर वडा नम्बर ६ स्थित त्रिशिद्धेश्वरी मन्दिर पुगेका भट्टराईलाई जिल्ला प्रशासनले कार्यक्रम गर्न रोक लगाएको थियो । भट्टराईलाई तुलसीपुरकै उद्योगीको टिमले त्यहाँ पुर्याएको थियो । जेठ ७ गते आइतबार उक्त मन्दिरमा दाङबासीलाई भेट्ने कार्यक्रम राखेकोमा उनलाई भेट्न हजारौँ स्थानीयको भीड लागे पनि केही स्थानीयले भने उनको विरोध गरेपछि कार्यक्रम नगरी उनलाई भगाइएको थियो ।

१२ गते काठमाडौं फर्किने योजना बनाएर दाङ गएका भट्टराई त्यहाँबाट लखेटिएपछि भने काठमाडौं आएर लुकेर बसेका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १४:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid