July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

कोशी प्रदेशको नाम संसोधनको माग गर्दै

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १२:0७
कोशी प्रदेशको नाम संसोधनको माग गर्दै

विराटनगर । पहिचान पक्षधरको आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले एकै रङ्को हेलमेट लगाएको पाइएको छ । कोशी प्रदेशको नाम संसोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ । आइतबारबाट प्रदेशसभा भवन घेर्नका लागि पुगेका प्रदर्शनकारीसँग एलभी लेखिएको कालो रङको हेलमेट लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले बताए । ‘एलभी’ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको युवा संगठन लिम्बुवान भोलेन्टयर्सको सांकेतिक नाम हो ।

आन्दोलनमा उत्रिएका कार्यकर्तालाई भोलेटियर्सले नै हेलमेट र कालो रङको टिसर्ट उपलब्ध गराएको हो । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचान पक्षधरहरु आन्दोलनमा छन् ।आन्दोलनका क्रममा गत चैत ५ गते घाइते भएका पदम लिम्बु लाजेहाङको चैत १० गते मृत्यु भएको थियो । उनको मृत्युपछि गाउँ केन्द्रीय आन्दोलन गरेर पहिचान पक्षधरले युवालाई संगठित गरी तालिम पनि दिएको थियो ।

नाम खारेजीको माग राख्दै प्रदर्शनमा उत्रिएको प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिमा विभिन्न दल र जातीय संस्था छन् । ती संस्था र दलले आन्दोलनका लागि युवाहरुको टोलीलाई आन्दोलनमा अगाडि सारेको छ । मञ्चले एलभी फोर्स, किरात राई यायोख्याले किरात फोर्स, सञ्जुहाङ पालुङ्वा नेतृत्वको समूहले युवाहरुको काङ्सोरे फोर्स तयार गरेको थियो । प्रदेश सभा भवन युवाहरुको समूहले घेर्ने तयारी छ । प्रदेश सभा घेर्न आएका २५ जनाभन्दा बढी पक्राउ परेको डीएसपी दाहालले बताए । पक्राउ परेकाहरुको साथबाट लाठी भाटा गुलेली पनि भेटिएको उनले बताए ।

पहिचान पक्षधरले आन्दोलनलाई सञ्चालन गर्न भन्दै सञ्चार सेट पनि विराटनगर ल्याएको थियो । पहिचान पक्षधरले ल्याएको ४ वटा संचार सेट (वाकीटाकी) प्रहरीले नियन्त्रणमा लिएको छ । संगम पार्टी प्यालेसबाट शुक्रबार सञ्चार सेट नियन्त्रणमा लिएको हो ।विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका पहिचानवादीले शुक्रबार नै आन्दोलनका लागि ‘युवा दस्ता’ घोषणा गरेको थियो ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट