April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा नगर प्रहरीको हस्तक्षेप

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १६:५९
‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा नगर प्रहरीको हस्तक्षेप
  • शङ्खमुलको दोभानमा ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध 
  • नगर प्रहरीको अवरोधका कारण केही घण्टा धार्मिक महोत्सव प्रभावित

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले शङ्खमुलको दोभानमा सञ्चालन भइरहेको ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध गरेको छ ।सार्वजनिक स्थलमा अनुमति विना धार्मिक महोत्सव सञ्चालन गरेको सूचनाको आधारमा महानगर नगर प्रहरीको टोली शङ्खमुल पुगेको थियो।

अनुमति विना हो-हल्ला हुनेगरी धार्मिक कार्यक्रम भइरहेको भन्ने गुनासो आएपछि कार्यक्रम नगर्न आयोजकलाई निर्देशन दिइएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । नगर प्रहरीको अवरोधका कारण केही घण्टा धार्मिक महोत्सव प्रभावित बनेको थियो ।

आयोजकले वडा कार्यालयमार्फत अनुमति लिएरै भएपनि धार्मिक महोत्सवलाई निरन्तरता दिने अडान राखेको थियो । सोही अडान बमोजिम आयोजक समिति वडा कार्यालयमा अनुमति लिन गएपछि महानगरको टोली फर्किएको छ ।

ओमकार फाउण्डेसन र दोभान विकास समितिको आयोजनामा १ साउनदेखि शङ्खमुलको दोभानमा धार्मिक महोत्सव सञ्चालन हुँदै आइरहेको छ । धार्मिक महोत्सवमा कोटेश्वर, शान्तिनगर, शङ्खमुल लगायत क्षेत्रका १३ वटा धार्मिक तथा सामाजिक संघसंस्थाहरु सहभागी भएका छन् ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट