April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने आइपिएल : गुजरातलाइ दिल्लीले जित्यो कस्तो रहला आजको मौसम ? उपनिर्वाचन : आजबाट प्रचारप्रसार निषेध सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी

विनोदलाई थुनामा पठाउने आदेश : निरु हत्या काण्ड

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १५:१५
विनोदलाई थुनामा पठाउने आदेश : निरु हत्या काण्ड

काठमाडौं। 

काठमाडौं जिल्ला अदालतले कपनमा एक महिनाअघि भएको हत्याकान्डका आरोपी विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

अदालतका न्यायाधिश चन्द्रप्रकाश तिवारीले शुक्रबार थुनछेक आदेश गर्दै उनलाई थुनामा पठाएको हो ।

सरकारी वकिल कार्यालयले विनोदविरुद्ध जिवनभर कैदमा राख्न माग गर्दै बुधबार अभियोग पत्र दर्ता गरेको थियो ।

यो घटनामा विनोदले हत्यापछि लुटेको सिक्री किनेको आरोपमा पक्राउ परेका प्रदिप गदाइलीलाई भने धरौटीमा छाड्ने आदेश भएको छ । वैशाख ७ गते निरा आचार्य(निरु) आफ्नै भाँडा पसलभित्र सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।

घटनाको ९ दिनपछि प्रहरीले ३६ वर्षीय विनोदलाई झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो । उनी धुलाबारी निवासी हुन् ।

विनोदले आफू आर्थिक संकटमा रहेका कारण बाटोमा हिँड्दै गर्दा पसलभित्र एक्लै देखेकाले लुटपाट गर्ने उद्देश्यले निराको हत्या गरेको बयान सरकारी वकिललाई दिएका थिए । निराको शरिरमा २० भन्दा बढी चोट देखिएको थियो ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट