May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

नक्कली भुटानीलाई पनि कारबाही गर्नुपर्छ : सूर्य थापा

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १३:१७
नक्कली भुटानीलाई पनि कारबाही गर्नुपर्छ : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्ने बताएका छन् ।

नेपाली नागरिकलाई मोटो रकम लिएर भुटानी शरणार्थीको सूचीमा समावेश गरेर अमेरिका पठाउने गिरोहमा संलग्नताको आशंकामा प्रहरीले गृह मन्त्रालयको प्रशासनिक र राजनीतिक नेतृत्वको सहयोगी पक्राउ गरिरहेका बेला एमाले नेता थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।
नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने काम गैरकानुनी हो भन्दै उनले त्यससमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।

थापाले बिहीबार फेसबुकमा लेखेका छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ। साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ।’

नेपाली भएर पनि नक्कली भुटानी शरणार्थी बन्न तयार हुने, रकम संकलन गर्ने र बुझाउनेहरूलाई पीडित भन्न नमिल्ने भन्दै उनले तिनीहरुको रकम जफत गर्नुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, ‘अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनुपर्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राई, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे, एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरेको छ । त्यस्तै नेता रायमाझी र तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता थापाले यो घटनामा कसैको मुख हेर्न नहुने र गैरकानुनी काम गर्ने सबैलाई कारबाही हुनुपर्ने बताएका छन् । ‘गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू हुन् । यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउनु हुँदैन’ उनले भनेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।