April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

झापामा १ र २ गते घन्किदै घण्टी , रवि लामिछानेले खुल्ला सभालाई सम्बोधन गर्दै

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० 0९:४५
झापामा १ र २ गते घन्किदै घण्टी , रवि लामिछानेले खुल्ला सभालाई सम्बोधन गर्दै

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको टीम झापा आउँने भएको छ । गत मंसिर ४ को निर्वाचनमा ७७ हजारभन्दा बढी मत ल्याएर तेस्रो बनेको पार्टीले झापामा सम्वोधन गर्ने कार्यक्रम तयार भएको हो ।
पाटीको प्रभाव विस्तार गर्न सभापति रवि लामिछानेकोे टीम झापामा दुइ दिन रहने छ । बिभिन्न दलका जिल्लास्तरीय सक्रिय नेता कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराइसकेको रास्वपाले त्यस क्रमलाई अझ तीब्रता दिने भएको हो ।
झापामा रहदा भदौ १ र २ गते झापामा सम्वोधन गर्ने छन । जिल्लाका पाँच वटै निर्वाचन क्षेत्र र प्रायः सबै प्रदेश क्षेत्रमा रास्वपाले दुई दिने कार्यक्रम तयार गरेको छ । सभापति लामिछानेको नेतृत्वमा महामन्त्री डा. मुकुल ढकाल , प्रमुख सचेतक सन्तोष परियार , सचेतक तथा संघीय सांसद निशा डाँगी ,केन्द्रीय सदस्य तथा सांसद अशोक चौधरी , केन्द्रीय सदस्य रमेश प्रसाईलगायतका केन्द्रीय नेताहरु जिल्लाको कुनाकुनामा जाने कार्यक्रम रहेको जिल्ला सभापति उमेश खरेलले बताए ।
माईपूर्व र माईपश्चिम गरी दुईवटा खुल्ला सभासंगै कचनकवलको बनियानी , झापा बजार , बाहुण्डाँगी,बुद्धशान्ति, हल्दिवारीको गोलधाप, शिवगञ्जस्ता ग्रामीण ठाउँमा पनि जाने कार्यक्रम रहेको छ । साउन ३२ गते इलामको सूर्योदय नगरपालिकाको खुल्ला सभालाई सम्बोधन गरिसकेपछि लामिछाने झापा आउने छन् । त्यसको भोलिपल्ट साउन १ गते बिहान बुद्धशान्तिको वडा नं ४ मा रहेको सुकुम्बासी बस्ती जाने , त्यसपछि बाहुण्डाँगीको हात्ती प्रभावित क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ ।
सोही दिन माईपूर्वको खुल्ला सभा बिर्तामोडको सिटी सेन्टर र माईपश्चिमको खुल्ला सभा दमकको गोर्खा डिपार्टमेन्टको प्राङ्गणमा राखिएको छ ।सोही दिन झापाका उद्योगी , व्यवसायी , बौद्धिक तथा शैक्षिक व्यक्तिहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भोलिपल्ट साउन २ गते जिल्लाका विभिन्न ठाउँहरुमा क्षेत्रीय भेला राखिएको छ । १ नम्बर क्षेत्रको क्षेत्रीय भेला मेचीनगरको इटाभट्टा,३ नं क्षेत्रको बनियानी ,३ नं कै गोलधाप ,४ नं को झापा गाउँपालिकाको झापा बजार , ४ नं. कै शिवगञ्ज बजार , ५ नं को गौरादहमा क्षेत्रीय भेला राखिएको छ । सोही दिन लामिछानेले सुरुङ्गाका सन्थाल परिवारसंग भेट्ने कार्यक्रम पनि रहेको जिल्ला सभापति खरेलले बताए ।
रास्वपाले झापाको १४ वटा पालिकामा संगठन विस्तार गरिसकेको छ । बाँकी रहेको गौरीगञ्ज गाउँपालिकामा भोलि बुधवार समिति गठन हुन लागेको खरेलले जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० 0९:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।