काठमाडौं । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने जनाएको छ ।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले टेकु अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने जनाएका हुन् ।
यद्यपि, मन्त्री महतले टेकु अस्पताल विस्तार पुरानै कार्यक्रमलाई निरन्तरता दिएका हुन्।त्यसैगरी, पोखरा, सुर्खेत, भरतपुर र डोटी निर्माण भइरहेको प्रादेशिक सरुवा रोग अस्पताल आगमी बर्ष सम्पन्न भई सञ्चालनमा ल्याउने मन्त्री महतले जानकारी दिए ।
सरुवा रोग अस्पतालको लागि ४६ करोड विनियोजन भएको छ ।