sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बैंक लुटपाट भएकोमा स्क्रिनिङ गरिरहेका छौं : प्रहरी प्रमुख

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:३७
बैंक लुटपाट भएकोमा स्क्रिनिङ गरिरहेका छौं : प्रहरी प्रमुख

काठमाडौं । महोत्तरीको एनएमबि बैंक लुटपाटमा संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यद्यपि यो समाचार तयार पार्दासम्म प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन । महोत्तरी गाउँपालिकास्थित एमएबि बैंकको शाखा कार्यालयमा मंगलबार दिउँसो मास्क लगाएका चार जना व्यक्ति प्रवेश गरी पेस्तोल देखाएर नगद लुटपाट गरेका थिए । लुटेराहरु मोटरसाइकल चढेर फरार भएका थिए । लगत्तै प्रहरीले सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीहरुको बयानका आधारमा खोजी सुरु गरेको थियो ।

महोत्तरी प्रहरी प्रमुख प्रकाश मल्लले हुलियाको आधारमा लुटेरासमूहको खोजी जारी रहेको जानकारी दिए । ‘शंकास्पद व्यक्तिहरुलाई स्क्रिनिङ जारी राखेका छौं,’ एसपी मल्लले भने, ‘तर कसैलाई पक्राउ गरेका छैनौं ।’ उनका अनुसार नेपाल-भारत सिमानामा कडाइ गर्दै शंकास्पद व्यक्तिहरुसँग सोधपुछ र निगरानीको काम जारी छ । ‘लुटपाटमा चार जनाको टोली छ । एक तला माथि रहेको बैंकमा पुगेर, लोकल मेड हतियार देखाएर लुटपाट गरेको देखिन्छ,’ एसपी मल्लले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ लुटेराको खोजीमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले पनि सघाएको छ । सो समूहले करिब ३५ लाख रुपैयाँ लुटपाट गरेको बैंकका कर्मचारीहरुले बताएका छन् ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid