May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

बैंक लुटपाट भएकोमा स्क्रिनिङ गरिरहेका छौं : प्रहरी प्रमुख

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:३७
बैंक लुटपाट भएकोमा स्क्रिनिङ गरिरहेका छौं : प्रहरी प्रमुख

काठमाडौं । महोत्तरीको एनएमबि बैंक लुटपाटमा संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यद्यपि यो समाचार तयार पार्दासम्म प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन । महोत्तरी गाउँपालिकास्थित एमएबि बैंकको शाखा कार्यालयमा मंगलबार दिउँसो मास्क लगाएका चार जना व्यक्ति प्रवेश गरी पेस्तोल देखाएर नगद लुटपाट गरेका थिए । लुटेराहरु मोटरसाइकल चढेर फरार भएका थिए । लगत्तै प्रहरीले सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीहरुको बयानका आधारमा खोजी सुरु गरेको थियो ।

महोत्तरी प्रहरी प्रमुख प्रकाश मल्लले हुलियाको आधारमा लुटेरासमूहको खोजी जारी रहेको जानकारी दिए । ‘शंकास्पद व्यक्तिहरुलाई स्क्रिनिङ जारी राखेका छौं,’ एसपी मल्लले भने, ‘तर कसैलाई पक्राउ गरेका छैनौं ।’ उनका अनुसार नेपाल-भारत सिमानामा कडाइ गर्दै शंकास्पद व्यक्तिहरुसँग सोधपुछ र निगरानीको काम जारी छ । ‘लुटपाटमा चार जनाको टोली छ । एक तला माथि रहेको बैंकमा पुगेर, लोकल मेड हतियार देखाएर लुटपाट गरेको देखिन्छ,’ एसपी मल्लले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ लुटेराको खोजीमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले पनि सघाएको छ । सो समूहले करिब ३५ लाख रुपैयाँ लुटपाट गरेको बैंकका कर्मचारीहरुले बताएका छन् ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।