October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

कोशीमा मुख्यमन्त्री संकटमा

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १५:१८
कोशीमा मुख्यमन्त्री संकटमा

विराटनगर । जनता समाजवादी पार्टीले सरकार छाडेपछि कोशीमा एमाले नेतृत्वको सरकार संकटमा परेको छ । बजेट निर्माणको तयारीमा जुटिरहेको मुख्यमन्त्री तथा अर्थमन्त्री हिक्मतकुमार कार्कीलाई स्वास्थ्यमन्त्री निर्मला लिम्बुको राजीनामासँगै बहुमत जुटाउन कठिन हुने देखिएको छ । केन्द्रको सत्ता गठबन्धन विपरीत एमाले नेतृत्वको सरकारमा रहिरहेको माओवादी केन्द्रलाई पनि जसपा सरकारबाट बाहिरिएसँगै सरकार छाड्न दबाव परेको छ ।

केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितको गठबन्धन रहे पनि कोशीमा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको सरकार छ । कांग्रेसले सरकार छाड्न दबाव दिए पनि कोशीमा माओवादीले सरकार छाड्न अलमल गरिरहेको छ । त्यही बेला जसपाले सरकार छाडेर माओवादीमाथि दबाव बढाएको हो ।

२५ पुसमा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा एमालेका कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपति निर्वाचनअघि केन्द्रमा कांग्रेस-माओवादीसहितको गठबन्धन बनेको थियो । त्यसपछि केन्द्र र प्रदेशमा माओवादी नेतृत्वको सरकारबाट एमाले बाहिरियो । एमालेले सरकारको नेतृत्व गरेको प्रदेशहरुमा माओवादी केन्द्रसहितका दलहरु सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीहरुले विश्वासको मत पाउन नसकेपछि पदमुक्त भए । अहिले कोशीबाहेकका ६ प्रदेश र संघीय सरकारमा एमाले प्रतिपक्षमा छ ।

कोशीमा एमाले नेतृत्वको सरकार छाड्न नमानेका माओवादी र जसपालाई ५ जेठमा नेपाली कांग्रेसले लिखित रुपमा प्रदेश सरकारबाट बाहिरिन र समर्थन फिर्ता लिन आग्रह गरेको थियो । पत्र पाएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएपनि कुनै निर्देशन नआएको माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो बताउँछन् । उनले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि प्रदेश सरकारको विषयमा निर्णय हुने बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट