October 24, 2024 | बिहिबार, कार्तिक ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

भारतसँग भलाकुसारी गर्दै भुटानका राजबन्दीलाई छुटाउन प्रधानमन्त्रीलाई आग्रह

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १५:५३
भारतसँग भलाकुसारी गर्दै भुटानका राजबन्दीलाई छुटाउन प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रजातन्त्रको पक्षमा वकालत गर्दा पक्राउ परेका भुटानका राजबन्दीलाई थुनामुक्त गर्नका लागि भारतसँग संवाद गरिदिन भुटानी राजबन्दी रिहाइ अभियान (ग्लोबल क्याम्पियन अफ द रिलिज अफ पोालिटिकल प्रिजनर्स इन भुटान) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गर्न लागेका बेला प्रेस विज्ञप्ति जारी गर्दै अभियानले भुटानमा लामो समयदेखि बन्दी जीवन विताइरहेका व्यक्तिहरुको रिहाइका लागि पहल गरिदिन आग्रह गरिएको हो ।

नेदरल्याण्डको हेगमा बस्दै आएका अभियानका संयोजक राम कार्कीका अनुसार भुटानमा कम्तिमा ५० जना राजनीतिक अभियन्ताहरु अहिले जन्मकैदको सजाय काटिरहेका छन् । सन् १९९० र त्यसपछिका वर्षहरुमा उनीहरुलाई गलत आरोप लगाउँदै थुनामा राखिएको कार्की बताउँछन् ।

‘मानवताको नाताले पनि भारतले यसमा सहयोग गर्नुपर्छ, यसका लागि नेपालका प्रधानमन्त्री प्रचण्डज्यूले सहजिकरण गरिदिनुहोस् भन्ने हाम्रो अपेक्षा हो’, कार्कीले भने । कार्कीले हस्ताक्षरण गरेको विज्ञप्तिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने दुईपक्षीय वार्तामा दुई विषय समावेश गरिदिन माग गरिएको छ ।

पहिलो, नेपालमा बसेका ६५ सय बढी भुटानी शरणार्थीमध्ये भुटान फर्किन इच्छुकलाई त्यसका लागि पहल गरिदिन आग्रह गर्न भनिएको छ । दोस्रोमा, भुटानमा थुनिएका राजबन्दीहरुलाई छुटाउन सहयोग गरिदिन भारतीय प्रधानमन्त्री मोदीसँग संवाद गरिदिन भनिएको छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्