May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

सेयरका लगानीकर्ताले दुई दिनमै गुमाए एक खर्ब

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १६:३५
सेयरका लगानीकर्ताले दुई दिनमै गुमाए एक खर्ब

काठमाडौं । अर्थमन्त्री डा‍ प्रकाशरण महतको कर नीतिले लगानीकर्ताले दुईदिनमा एक खर्बभन्दा बढीको सम्पत्ति गुमाएका छन् । बजेट अगाडि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बजार पुँजीकरण २८ खर्ब २७ अर्ब थियो । सोमबारको सेयर कारोबारपछि बजार पुँजीकरण २७ खर्बभन्दा तल झरेको छ । यसरी महतको नीतिले सेयर बढ्ने आशामा रहेका लगानीकर्तालाई बजेटले झन घाटा बढाउने काम गरेको देखिएको छ ।

सोमबार नेप्से परिसूचक ३८.८३ अंकले घटेको छ ।

सेयर बजार घट्नुको पछाडि अर्थमन्त्री महतले बजेटमा लिएको कर नीति प्रमुख कारक हो । महतले बजेटमा समेटेको सेयर बजारमा पुँजीगत लाभकरले बजामा अन्योल हुने वातावरण बनाएका छन् । अहिले सेयर बजारमा दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत र अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत लाभकर लाग्छ । मन्त्री महतले सेयर बजारबाट हुने आम्दानीलाई तलब खाने व्यक्तिले तिर्नुपर्ने दरअनुसार तिर्नुपर्ने नीति लिएका छन् ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले नियमअनुसार कर नीति ल्याएको र घाटा हुनेलाई सम्बोधन हुने यसअघि बाह्रखरीसँग बताएका थिए । लगानीकर्ताले २०७६-७७ र २०७७-७८ मा सेयर बजारबाट निकै फाइदा कमाएका थिए । त्यसपछि भने सेयर बजार ओरालो लागेको छ । त्यसबेला सेयर बेच्दा नै लाभकर तिरिसकेकालाई पनि बजेटले ६ लाखभन्दा बढी फाइदा भएको भए पुनः कर लगाउने नीति लिएको छ ।

यस्तै, महतले एफपीओ प्रिमियम, मर्जर र एक्विजिसनमा आउने प्रिमियमबाट बोनस सेयर दिएको भए कर तिराउने नीति लिएको छ । जसले गर्दा लगानीकर्ता आत्तिएको कारण सेयर बजारमा प्रभाव परेको छ । सोमबार सेयर बजारमा दुई अर्ब ३१ करोडको कारोबार भएको छ । नेप्से परिसूचक १८४९ अंकमा झरेको छ । महतले करमा लिएको नीति परिवर्तन नभएसम्म बजार ओरालो लाग्ने लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ताको तीनवटा संगठनले सोमबार विज्ञप्ति निकालेर कर नीति परिवर्तन गर्न आह्वान समेत गरेका छन् ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट