sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२०७८ देखी काम अलपत्र

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १0:५३
२०७८ देखी काम अलपत्र

चितवन ।।

तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा चिनियाँ ग्रेटवालको झल्को दिने भन्दै बनाउन लागिएको ‘मिनी ग्रेटवाल’को काम अलपत्र परेको छ ।

  • मिनी ग्रेटवाल
  • लागत 
  • प्रोजेक्ट अलपत्र
  • सम्झौता
  • इन्जिनियर भनाइ 
  • अध्यक्ष भनाइ 
  • निर्माण अलपत्र
  • कालो सूचीमा 

निर्माणको ठेक्का पाएको ठेकदार सम्पर्कविहीन भएपछि चालु आर्थिक वर्षमा काम सम्पन्न नहुने भएको हो ।

ढुंगाको पर्खाल

थानीमाई डाँडादेखि मुकुन्देश्वरी डाँडासम्म कूल १ हजार २५० मिटर लामो ढुंगाको पर्खाल लगाइँदै छ । त्यसैलाई ‘मिनी ग्रेटवाल’को नाम दिइएको हो । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेकाले यसको ऐतिहासिक महत्वसमेत छ ।

लागत 

यसअघि उपभोक्ता समितिमार्फत ३० लाखको लागतमा करिब ५ सय मिटरमा दुईतर्फ पर्खाल लगाइसकिएको छ । पर्यटन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा मिनी ग्रेटवाल बनाउन २०७८ असोज १२ गते धर्मयस कश्यप जेभीसँग सम्झौता भएको थियो । २०७९ चैत ३० गतेभित्र निर्माण सक्ने लक्ष्य राखिएको भए पनि ठेकदारले सामान्य काम बाहेक केही गरेन ।

प्रोजेक्ट नै अलपत्र

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले ठेकदारले काम नगर्दा पालिकाको एउटा महत्वपूर्ण भौतिक पूर्वाधार अलपत्र बनेको दुखेसो गरे । ‘ठेक्का म्याद थप भएको पनि छैन, गाउँपालिकाले पटकपटक पत्र पठाएर निर्माणको काम गर्न अनुरोध गरे पनि ठेकदारले टेरेनन्’ गाउँपालिका अध्यक्ष थापा भन्छन् ‘गाउँपालिकाको महत्वपूर्ण प्रोजेक्ट नै अलपत्र पारिदिए ।’

 

सम्झौता

भ्याटसहित ३ करोड ६९ लाख लागतमा बन्ने भनिएको मिनी ग्रेटवालको दुवैतर्फ पर्खाल लगाउने, पर्खालमा १२.५ एमएमको स्लेट ढुंगा टाँस्ने र भुईंमा पीसीसी गरेर २५ एमएमको ढुंगा टाँस्ने र थानीमाई जाने भानु माविदेखि नै ग्रेटवालसम्म करिब ३ सय वटा आकर्षक बत्ती राख्ने सम्झौतामा उल्लेख छ । अहिलेसम्म ठेकदारले २ सय मिटर पर्खाल मात्रै लगाएको छ ।

इन्जिनियरको भनाइ 

म्याद सकिँदा जम्मा भौतिक प्रगति १२ प्रतिशतभन्दा पनि कम भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख सन्तोष थापा बताउँछन् । ठेकदार माधव घिमिरे र अर्का धर्मलाल तामाङ काम नगरी सम्पर्कविहिन छन् । उनीहरूले म्याद थपका लागि निवेदन दिएको तर म्याद थप नभएको इन्जिनियर थापाले बताए ।

अध्यक्षको भनाइ

ग्रेटवाल निर्माणका लागि उनीहरुले २० प्रतिशत पेश्की लगेकोमा त्यसलाई फिर्ता गरिएको छ । ठेकदारले ४० लाख ६५ हजार धरौटी राखेको छ । अब ठेकदारको धरौटी जफत गरेर कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्न बाँकी रहेको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘मलाई यी ठेकदारहरुले धेरै हैरान पारे, पटक-पटक सम्पर्क गर्न खोजें, कहिले हुन्छ कहिले हुँदैन, अब गर्छु भन्छन्, तर म्याद सकिँदा पनि काम गरेनन्,’ अध्यक्ष थापाले भने ।

उनले ठेकदारलाई कारर्वाही गर्नुको विकल्प नभएको बताए । सिंगो बन्दीपुरवासी माथि ठेकदारले धोका दिएको बताउँदै उनले भने, ‘जता पनि ठेक्का लिने, काम नगर्ने बदनाम कम्पनी र ठेकदारका रुपमा उनीहरु परिचित हुँदै गएको पाएँ ।’

बाटो निर्माण पनि अलपत्र

संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा बन्ने तीन वटा सडकखण्डको कामको ठेक्का पनि यही कश्यप कन्स्ट्रक्सनले अलपत्र पारिदिएको छ । पृथ्वी राजमार्गको बन्दीपुर जाने गेटबाट गुरूङटार चोकसम्मको करिब ९ सय मिटर लामो सडकलाई कालोपत्रे गर्ने काम यही कम्पनीले अलपत्र पारेको छ । अलि–अलि नाला बनाउने र कतै–कतै कटिङ गर्ने बाहेक अरु काम भएको छैन ।

यस्तै, बन्दीपुर खण्डको ९ सय मिटर कालोपत्रे सडक पनि अलपत्र छ । गाउँपालिका जाने चोकदेखिको सडक ढलानको काम यत्तिकै छाडेर ठेकदार बेपत्ता छन् । जम्मा ३४० मिटर लामो, ७ मिटर चौडाइ र ८ मिटर बाक्लो सडक ढलानको कामसमेत अलपत्र छ ।

सडकमा ढलानका लागि रड बिछ्याइएको छ तर, रड खियाले खाएको मात्रै छैन, तलबाट उम्रिएका झारले ढाकिन थालेको छ । गाउँपालिकाको गेट नजिकैको बाटोसमेत ठेकदारले नबनाएर हदैसम्म दुःख दिएको पालिका अध्यक्ष थापाले बताए ।

कालो सूचीमा 

२०७८ वैशाख २८ गते २ करोड ५८ लाखको लागतमा यो सडक बनाउने जिम्मा कश्यपले पाएको थियो । २०७९ वैशाख २७ गते भित्र निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । ठेकदारले २०७९ पुस ३० गतेसम्म म्याद थप लिए पनि अहिलेसम्म काम अगाडि बढाएको छैन । ‘नत अहिले म्याद थप गरिएको छ न त ठेकदारले काम नै गरेको छ’ गाउँपालिकाका प्राविधिक शाखा प्रमुख थापा भन्छन्, ‘उसको पेश्की रकम कट्टा गरियो, धरौटी जफत गरेर कालो सूचीमा राख्ने तयारी छ ।’ ठेकदार कम्पनीले ३२ लाख २० हजार धरौटी जम्मा गरेको छ ।

यही कश्यप कम्पनीले तीनधारादेखि बाहुन भर्याङ्गसम्मको सडक पनि ठेक्का लिएर अलपत्र पारेको पालिका अध्यक्ष थापाले बताए ।

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १0:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid