July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्रमुख हान्ना : राष्ट्रसंघ सधैँ नेपालको हित चाहन्छ

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:२२
प्रमुख हान्ना : राष्ट्रसंघ सधैँ नेपालको हित चाहन्छ

काठमाडौं । संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्रसंघले सधैँ नेपालको विकास चाहने बताएकी छन् । बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेर उनले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्रसंघले सधैँ सहयोग गर्ने बताएकी हुन् । दिगो विकास सम्मेलन तथा अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नतिको रणनीति तयारी नेपालको प्रशंसायोग्य कदम रहेको उनले बताइन् । नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मलुकमा स्तरोन्नति हुने क्रममा रहेको अवस्थामा आवश्यक सबै सहयोग र विकास साझेदारहरूबीच समन्वय गर्न इच्छुक रहेको उनले उल्लेख गरिन् ।

आउँदो सेप्टेम्बरमा न्युयोर्कमा दिगो विकासको लक्ष्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । उक्त सम्मेलन सफल बनाउनका लागि नेपालले पनि आवश्यक सहयोग गर्न नेपाल संयोजक हान्नाले उपाध्यक्ष श्रेष्ठलाई अनुरोध गरिन् । भेटका क्रममा उनले स्केलिङ अफ न्युट्रेसन (एसयूएन)का प्रमुख नेपाल भ्रमण गर्न इच्छुक रहेको समेत बताएकी थिइन् । उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा संयुक्त राष्ट्रसंघले हालसम्म पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिए । उनले नेपालले तयार गरिरहेको ‘स्मुथ ग्राजुएसन स्टेटिजी’लाई अन्तिम रूप दिई त्यसको प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तर्जुमाको प्रक्रिया सुरु गरिसकेको बताए । उनले नेपाल र संयुक्त राष्ट्रसंघको सहकार्य र साझेदारी महत्त्वपूर्ण हुने धारणा राखे ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्