sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लामाबगर सुरुङ मार्गमा चल्न थाले सवारीसाधन

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:४0
लामाबगर सुरुङ मार्गमा चल्न थाले सवारीसाधन

दोलखा । निजी क्षेत्रले निर्माण गरेको दोलखाको लामाबगर सुरुङ मार्गमा सवारीसाधन चल्न थालेका छन्। यो सुरुङ हुँदै मालवाहक सवारीसाधन चल्न थालेका हुन्।

बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भिरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि निजी क्षेत्रले निर्माण गरेको सुरुङ मार्गबाट ट्याक्टर र बोलेरो जस्ता सवारीसाधन चल्न थालेको लामाबगरका स्थानीयले बताएका छन्।

सुरुङ मार्गको लम्बाइ एक हजार एक सय मिटर रहेको छ। सुरुङ मार्गको उचाइ छ मिटर र गोलाई सात मिटर रहेको छ।

नासा हाइड्रोपावर कम्पनीले बनाउन प्रस्ताव गरेको लप्ची खोला जलविद्युत् आयोजनाले यो सुरुङ मार्ग निर्माण गरेको हो। नासाले लप्ची खोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माणको तयारी गरेको छ। अहिले सुरुङ मार्गको मुखबाट पाँच सय मिटर टाढासम्म यातायात सञ्चालन हुन सक्ने अवस्था बनेको छ।

माथिल्लो भेगका अत्यन्तै कठिन भिर सानो देउराली, अँधेरी खोला र हुरहुरे नजिक सडकको ट्र्याक खोल्ने काम जारी रहेको एमभी दुगड अन्तर्गतको सुमो कन्स्ट्रक्सनका अधिकृत हेमराज तामाङले जानकारी दिनुभयो।

हेडवक्र्ससम्म पुग्न पहुँच मार्गका रूपमा यही सुरुङ मार्ग आवश्यक भएकाले स्वदेशी जनशक्ति र सिपबाटै सुरुङ मार्ग निर्माण गरेको हो। लामाबगरको सुरुमै कठिन भिर भएकाले हेलिकोप्टरमार्फत एक्साभेटर र तेल लुम्नाङ र थाम्चेम्बुमा पु-याएर हेडवक्र्स र आयोजनास्थलमा १२ किलोमिटर सडक ट्र्याक खोलिएको छ।

लुम्नाङ र लप्ची दोलखाका हिमालपारिका गाउँ हुन्। सुरुङ मार्ग सञ्चालनमा आएपछि अब लप्चीसम्म पनि सडक पुग्ला भन्ने आशा पलाएको स्थानीय कोन्जोक शेर्पाले बताउनुभयो।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid