July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

लामाबगर सुरुङ मार्गमा चल्न थाले सवारीसाधन

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:४0
लामाबगर सुरुङ मार्गमा चल्न थाले सवारीसाधन

दोलखा । निजी क्षेत्रले निर्माण गरेको दोलखाको लामाबगर सुरुङ मार्गमा सवारीसाधन चल्न थालेका छन्। यो सुरुङ हुँदै मालवाहक सवारीसाधन चल्न थालेका हुन्।

बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भिरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि निजी क्षेत्रले निर्माण गरेको सुरुङ मार्गबाट ट्याक्टर र बोलेरो जस्ता सवारीसाधन चल्न थालेको लामाबगरका स्थानीयले बताएका छन्।

सुरुङ मार्गको लम्बाइ एक हजार एक सय मिटर रहेको छ। सुरुङ मार्गको उचाइ छ मिटर र गोलाई सात मिटर रहेको छ।

नासा हाइड्रोपावर कम्पनीले बनाउन प्रस्ताव गरेको लप्ची खोला जलविद्युत् आयोजनाले यो सुरुङ मार्ग निर्माण गरेको हो। नासाले लप्ची खोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माणको तयारी गरेको छ। अहिले सुरुङ मार्गको मुखबाट पाँच सय मिटर टाढासम्म यातायात सञ्चालन हुन सक्ने अवस्था बनेको छ।

माथिल्लो भेगका अत्यन्तै कठिन भिर सानो देउराली, अँधेरी खोला र हुरहुरे नजिक सडकको ट्र्याक खोल्ने काम जारी रहेको एमभी दुगड अन्तर्गतको सुमो कन्स्ट्रक्सनका अधिकृत हेमराज तामाङले जानकारी दिनुभयो।

हेडवक्र्ससम्म पुग्न पहुँच मार्गका रूपमा यही सुरुङ मार्ग आवश्यक भएकाले स्वदेशी जनशक्ति र सिपबाटै सुरुङ मार्ग निर्माण गरेको हो। लामाबगरको सुरुमै कठिन भिर भएकाले हेलिकोप्टरमार्फत एक्साभेटर र तेल लुम्नाङ र थाम्चेम्बुमा पु-याएर हेडवक्र्स र आयोजनास्थलमा १२ किलोमिटर सडक ट्र्याक खोलिएको छ।

लुम्नाङ र लप्ची दोलखाका हिमालपारिका गाउँ हुन्। सुरुङ मार्ग सञ्चालनमा आएपछि अब लप्चीसम्म पनि सडक पुग्ला भन्ने आशा पलाएको स्थानीय कोन्जोक शेर्पाले बताउनुभयो।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्