March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने कपनबाट चक्कु र पेस्तोलसहित एक जना पक्राउ पशुपति क्षेत्रमा सवारी साधन चलाउन र शव गाड्न निशेद गर्न सर्वाेच्चको आदेश उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त नेपाल एले टस जितेर फिल्डिङ गर्दै फेरी राप्रपासँग एकताको गल्ती नगर्ने कमल थापाको भनाई एसइइ चलिरहेको समयमा पटकपटक अनुगमनमा नजान राष्ट्रिय परिक्षा बोर्डको निर्देशन कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन घोषणा भएका पुरस्कार खेलाडीले छिट्टै पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु दोहा उडेको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काइयो गाजामा अवरोधविना राहत र चिकित्सा सामग्री लैजान दिन इजरायललाई आईसीजेको आदेश आईपीयूमा भाग लिएर सभामुख नेतृत्वको टोली स्वदेश फिर्ता निजी विद्यालयलाई नाम नेपालीकरण गर्न महानगरपालिकाको अल्टिमेटम भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने ६ अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको ध्यानाकर्षण तोलामा २१ सय रुपैयाँ बढ्दा सुनको मूल्य इतिहासकै उच्च सुनको मूल्यमा नयाँ कीर्तिमान ; कति पुग्यो तोलाको ? दुर्गा प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति

निर्माणाधीन आयोजना सकाउन एमालेको ध्यानाकर्षण, मुख्य आयोजना सक्ने यस्तो छ समयतालिका

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १३:0१
निर्माणाधीन आयोजना सकाउन एमालेको ध्यानाकर्षण, मुख्य आयोजना सक्ने यस्तो छ समयतालिका

रुपन्देही । बुटवल क्षेत्रमा भइरहेका विकासका निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्तीबारे नेकपा एमाले बुटवल उपमहानगर कमिटीले डिभिजन सडक कार्यालय बुटवलसँग अन्तरक्रिया गरेर कामसक्ने समय निर्धारण भएको छ ।

निर्माणाधीन विभिन्न आयोजनाको काम समयमा पूरा नहुँदा एकातिर नागरिकले सास्ती पाउने र अर्कोतिर आयोजनाको लगानी बढ्ने भएकाले समयमै पूरा गर्न समन्वय गर्ने निचोड अन्तरक्रियाले निकालेको छ ।

चौराहा–गोलपार्क ६ लेन सडक, चौराहा–बेसक्याम्प सडक, तिनाउ दानव करिडोर, मगरघाट, हात्तीसुँढ र हरिहरपुरको पुल निर्माणपछिको व्यवस्थापनको कार्यलगायतका विभिन्न विकासे आयोजनाहरु निर्माण कम्पनीको ढिलासुस्तीका कारण नागरिकले सास्ती व्यहोर्नुपरेको भन्दै एमालेले निर्माणको कामलाई तीव्रता दिन आग्रह गरेको हो ।

एमाले बुटवलका अध्यक्ष किसन ज्ञवालीका अनुसार डिभिजन सडक कार्यालयसँग गरिएको अन्तरक्रियाबाट चौराह गोलपार्क सडक अन्तरगतको १ महिनाभित्र दुबैतर्फको नाली किलियर गर्ने, बीचको पिचको भाग पहिलो लृयरको काम सक्ने, मेनरोडदेखि एक्सेस रोड निकास सबै किलियर गर्ने, निर्माण क्षेत्रमा धुलो नउड्ने गरी पानी राख्ने र काम गुणस्तरीय गराउने सहमति गरिएको छ ।

त्यसैगरी तिनाउ– दानव कोरिडोर अन्तरगत वर्षा लागिसकेकोले बुटवलको बस्ती एरिया जहाँ बाढीको जोखिम छ त्यहा अस्थायी संरचना निर्माण गरेर ९इट्टाभट्टी, देबिनगर,बुद्द्नगर,रानिगंज ठोकर एरियामा बाढीको जोखिमलाई समाधान गर्न, आयोजना अन्तर्गतको तटबन्धको कामलाई तीब्रता दिन, आयोजना अन्तर्गत खोलामा क्रसर उद्द्योग राखी नदीजन्य पदार्थको अपचलन गर्ने , हरिहरपुरको नदी उकास साइडबाट चोरीनिकासी भएकोले त्यसलाई तुरुन्तै रोक्न बुटवल उपमहानगर र सिडियो कार्यालयलाई ध्यानाकर्षण गराउने, कामलाई छिटोछरितो र गुणस्तरीय गर्ने, मगरघाट पुल हात्ती सुड पुलमा पानी जम्ने समस्या समाधान गर्ने सहमति गरिएको छ ।

अध्यक्ष ज्ञवालीले अघिल्लो आर्थिक बर्ष बजेट परेर काम सुरु भएका तर अहिले बजेट नहालेर अलपत्र परेका रुपन्देहीका ३८ वटा सडक अलपत्र परेकोले सरकार लाई दवाब दिने योजना रहेको बताए । उनले बुटवल उपमहानगरपालिका अन्तर्गतका आयोजनाहरुमा पनि जनप्रतिनिधि, संम्बन्धित आयोजना कार्यालय र ठेकदारको ध्यानाकर्षण गराउने बताएका छन् ।

ज्ञवालीले निर्माणाधीन सडक आयोजनाको काममा ढिलासुस्ती हुँदा नागरिकमा आक्रोश बढेको, राजनीतिक दलका नेता र जनप्रतिनिधिप्रति नकारात्मक भावना सिर्जना भएको भन्दै काममा हुने गरेका अवरोधलाई पन्छाएर छिटो निर्माण सक्नेतर्फ अघि बढ्न आग्रह गरे ।

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एसीले बुटवलको सडकको ४८ प्रतिशत भौतिक प्रगति र २९ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिंदै अव असार मसान्तसम्म ६ लेन सडकको बीच भागमा कालोपत्रे र दुवैतर्फ नाली निर्माणको कामसक्ने जानकारी दिए ।

उनले सर्भिस लेनको काम भने त्यसपछि मात्रै अघि बढाइने बताए । त्यस अवसरमा इन्जिनियर महेश्वर लम्सालले विभिन्न आयोजनाहरुको कामको प्रगतिबारे जानकारी गराएका थिए । छलफलमा एमाले बुटवल नगर कमिटीका पूर्वअध्यक्ष ज्ञानप्रसाद अर्याल, उपाध्यक्ष शोभाखर पोखरेल, सचिव मेघराज भट्टराईलगायत सहभागी थिए ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट