July 13, 2025 | आइतवार, असार ३०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सेन्सर बोर्डले संवाद हटाएपछि ‘आदिपुरुष’ ले पायो प्रदर्शनको अनुमति

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० ११:२७
सेन्सर बोर्डले संवाद हटाएपछि ‘आदिपुरुष’ ले पायो प्रदर्शनको अनुमति

काठमाडौँ ।।

  • जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग निर्माण पक्षले हटाएको जनाएको छ
  • मेयर बालेन साहले हलहरूमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए 
  • सो संवाद हटाएपछि नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाण पत्र दिएको छ 
  • नेपाल सेन्सर बोर्डले भने उक्त संवाद हटाएपछि प्रदर्शनको अनुमति दिइयो

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग निर्माण पक्षले हटाएको जनाएको छ। उक्त संवादप्रति आपत्ति जनाउँदै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सो संवाद नसच्याइएसम्म महानगर क्षेत्रमा हलहरूमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए।

चलचित्रमा प्रयुक्त सीता भारतमा जन्मेको संवाद निर्माण पक्षले बीप गरेको छ। सो संवाद हटाएपछि नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाण पत्र दिएको छ। भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाकाअनुसार सीता रामायणअनुसार नेपालमा जन्मेको भएको र मेयरको बालेनको चेतावनी आएपछि हटाइएको समाचार छ।

समाचारमा नेपालमा प्रदर्शन हुने वा विश्वभर हुने कुनमा हटाइएको भन्ने प्रष्ट खुलाइएको छैन। नेपाल सेन्सर बोर्डले भने उक्त संवाद हटाएपछि प्रदर्शनको अनुमति दिएको छ। यद्यपि असुरक्षाको कारण देखाउँदै काठमाडौँमा फिल्मको बिहानी प्रदर्शन रोकिएको छ।

चलचित्रमा प्रयोग भएको उक्त संवादका विषयमा भारतीय पक्षको चौतर्फी आलोचना भएको छ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० ११:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट