June 24, 2024 | सोमवार, असार १०, २०८१
सुचनाहरु
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा

बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिए

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १८:२५
बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिए

इनरुवा । विराटनगरको नोबेल अस्पतालभित्र एक जना बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । १३ वर्षीय छोरीमाथि करणी गरेको आरोपमा पक्राउ परेका  पुरुष बुधबार मृत भेटिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अस्पतालको बुधबार बिहान शौचालयभित्र झुन्डिएको अवस्थामा मोरङको मिक्लाजुङका ३३ वर्षीय पुरुष भेटिएका हुन् ।
उनी बुधबार बिहान ५ः२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोका भित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा   भेटिएका थिए । मृतकले आफैले लगाएको हरियो कपडा (गाउन)को पासो लगाएको देखिएको प्रहरीले बताएको छ । हाडनाता करणीको आरोपमा प्रहरीले उनलाई जेठ १२ गते पक्राउ गरेको थियो ।
अदालतबाट म्याद थप गर्नलाई जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याएको समयमा  पनि उनले आत्महत्या प्रयास गरेका थिए । प्रहरीका  अनुसार जेठ १४ गते आइतबार दिउँसो २ बजेतिर घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि म्याद थप नगरी उपचारका लागि आफन्तको  जिम्मा लगाइएको थियो  ।
सरकारी वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा  फलामले घाँटी रेटेर आत्महत्या प्रयास गरेका उनलाई उपचारका लागि कोसी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १८:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्