May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

सन्दीपलाई लगियो अदालत

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १४:३२
सन्दीपलाई लगियो अदालत

काठमाडौं । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि पक्राउ परेका सन्दीप रायमाझीलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई काठमाडौं ल्याएर अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएको हो ।

नेकपा एमालेका सचिव एवम् अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुधबार राति भैरहवा हिरासतमा राखिएको थियो । जिल्ला अदालतले बुधबार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।सन्दीप पक्राउ परे पनि टोबहादुर अहिलेसम्म पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । हिजो बुधबार अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर टोपबहादुर बेलुकी बुटवल आएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन् । उनीहरुले दिएको बयानका आधारमा प्रहरीले तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १४:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।