April 16, 2024 | मङ्लबार, बैशाख ४, २०८१
सुचनाहरु
एसीसी प्रिमियर कप : नेपाल समुह विजेता बन्यो नेप्सेमा दोहोरो अंकको गिरावट पतञ्जलिको विज्ञापनसम्बन्धी मुद्दाको सुनुवाइ सर्‍यो राजनीतिबाट मुक्त नगरेसम्म शिक्षामा विकास हुँदैनः मन्त्री सुमना श्रेष्ठ निगमद्वारा चैत मसान्तसम्म जहाजको ऋण ५ अर्व ३६ करोड भुक्तानी महालेखापरीक्षकमा सिफारिस राय सर्वसम्मत अनुमोदित राष्ट्रियसभा अध्यक्ष दाहालसँग कोरियाको संसदीय टोलीको शिष्टाचार भेट काठमाण्डाै उपत्यकाका यी क्षेत्रमा भाेलिदेखि शनिवारसम्म ६ घण्टा बिजुली कटाैती हुने अब गृहमन्त्रीले राजीनामा दिनुपर्छ : कांग्रेस मधेश प्रदेशका मुख्यमन्त्री आज चौथो पटक विश्वासको मत लिँदै आईपीएलमा आज कोलकोता र राजस्थान भिड्दै नेपाल प्रहरीका दुई जना डिआइजी एआइजीमा बढुवा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो सुनको भाउमा नयाँ रेकर्ड : ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पाकिस्तानमा वर्षा र चट्याङले कम्तीमा ४१ जनाको मृत्यु सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा दुई जना पक्राउ चौधरी समूहको वाइवाइले सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै किशोर दुलालको “समर्पण” सार्बजनिक ( भिडियोसहित ) नेप्से झण्डै १७ अंकले घट्यो

गण्डकी प्रदेशमा आलोपालो सरकार बन्ने

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:४४
गण्डकी प्रदेशमा आलोपालो सरकार बन्ने

स्याङ्जा, वैशाख ३ गते । गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले आलो पालो गर्ने गरी सहमति भएको छ ।

नेकपा (एमाले)को नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएको एक महिना पुग्नै लाग्दा यस्तो सहमति भएको हो ।
प्रधानमन्त्री निवासमा बालुवाटारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), काँग्रेस सभापति शेर बहादुर देउवा सहित छलफल भएपछि सहमति भएको हो ।

दुई दलका शीर्ष नेता सहित काँग्रेस महामन्त्री गगन थापा, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, काँग्रेस नेता रमेश लेखक, काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका संसदीय दलका नेता हरि बहादुर चुमान सहित छलफल भएको थियो । प्रदेशको नेतृत्व कसले गने टुङ्गो नलागे पनि पहिलो पटक मुख्य मन्त्री माओवादीले पाउने चुमानले बताउनुभयो । यस भन्दा अगाडी काँग्रेसको माओवादीको समर्थनमा मुख्य मन्त्री काँग्रेसको बनेको बताउँदै अब माओवादीबाट बन्ने बताउनुभयो ।

उहाँले आधा आधा अवधि सरकारको नेतृत्व दुई दलले गर्ने र वैशाख ११ गते नयाँ सरकार बन्ने दाबी गर्नुभयो । दुई शीर्ष नेतासँगको भेटले पहिला माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको उहाँको भनाई थियो । माओवादी केन्द्रले चैत १० गते सरकार छाड्दै गण्डकी प्रदेश सरकारको विश्वासको मत फिर्ता लिएको थियो ।

गण्डकी प्रदेशमा काँग्रेसका २७, माओवादी केन्द्र आठ(सभामुख सहित) र नेकपा एकीकृत समाजवादी एक गरी ३५ जना सांसद रहेका र सरकार बनाउन स्पष्ट बहुमत रहेको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट