May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

महिलामाथि सशस्त्र प्रहरीले हातपात गरेको आरोप

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १८:५0
महिलामाथि सशस्त्र प्रहरीले हातपात गरेको आरोप

इनरुवा। सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा तीनजना महिलामाथि सशस्त्र प्रहरीले हातपात र दुव्र्यवहार गरेको आरोप बाहिर आएको छ । भन्सार तिरेर ल्याएको कपडाको विषयमा इटहरी उपमहानगरपालिकाका तीन महिलालाई सशस्त्र प्रहरीले हातपात र दुव्र्यवहार गरेको आरोप बाहिर आएको हो । सशस्त्र प्रहरीले इटहरी उपमहानगरपालिका १२ का भगवती माझी , इटहरी उपमहानगरपालिका ४ का लक्ष्मी बडी शर्मा र इटहरी उपमहानगरपालिका १३ का गिता सरदार माथि हातपात र दुव्र्यवहार गरेको आरोप सहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी परेको छ ।
पीडितहरुले संयुक्त रुपमा उजुरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा दिएको भएपनि प्रहरीले छानविन गरेर आईतबार मात्रै उजुरीको बारेमा थप कुरा गर्ने भन्दै पठाईदिएको छ । पीडितहरुले सशस्त्र प्रहरी देवानगञ्ज बेस क्याम्पका ३५ वर्षिय तुलसी चौधरी र करिव ४२ वर्षिय डिएसपी विजय चौधरी सहित पाँच जना सशस्त्र प्रहरीले आफूहरु माथि हातपात र दुव्र्यवहार गरेको आरोप सहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको तर आजै दर्ता नगरेकाले पीडित पक्षले इनरुवामा पत्रकार सम्मेलन गरि घटनाको यर्थात जानकारी दिदै दोषीमाथि कार्वाही र आफूहरुलाई न्यायका लागि पहल गरि दिन अपिल गर्नुभएको छ ।
उता सशत्र प्रहरीले भन्सार छलीको समान बरामत गरेर भन्सार बुझाएको तर कसैलाई दुरव्वहार नगरेको दावी गरेको छ ।
यसअघि पाँच वर्ष अगाडि पनि घुस्कीमा बाख्रा चराइरहेकी महिलामाथि सशस्त्र प्रहरीले हातपात गरेको विषयले सुनसरीको घुस्की बजार तनावग्रस्त बनेको थियो । त्यस क्रममा झडप भएको र घटनालाई नियन्त्रण लिन हवाई फायर गरेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १८:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।