April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग

घट्यो दलहरूको आम्दानी, कुन दलको बचत कति ?

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० 0८:३४
घट्यो दलहरूको आम्दानी, कुन दलको बचत कति ?

काठमाडौँ । राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको आयव्ययको विवरणमा मात्रै नाफा देखाइएको छ । घाटामा चलेको विवरण देखाएका दलले मोटो रकम मुद्दती निक्षेपमा राखेका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ ।

निर्वाचन आयोगमा राजनीतिक दलले बुझाएको आव २०७९–८० को वार्षिक आयव्ययको विवरण अनुसार सङ्घीय संसद्को दोस्रो ठुलो दल नेकपा एमाले ले मुद्दती निक्षेपमा १० करोड रुपियाँ जम्मा गरेको छ । त्यसबाहेक एमालेले चार वटा कोषमा करिब पाँच करोड १३ लाख २२ हजार रुपियाँ रहेको जनाएको छ ।

तर सो पार्टीले जम्मा आयभन्दा खर्च बढी भएको विवरणमा उल्लेख गरेको छ । आयोगमा बुझाइएको विवरणमा नेकपा एमालेले जम्मा आय करिब आठ करोड ९७ लाख २२ हजार रहेको जनाएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ । सङ्घीय संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले २०७९–८० मा तीन करोड ६४ लाख ७६ हजार आम्दानी देखाएको छ । अघिल्लो आवको कांग्रेसको आम्दानी ११ करोडले घटेको छ । कांग्रेसको कुल खर्च सात करोड ९९ लाख छ ।

आव २०७९–८० मा सबैभन्दा बढी आम्दानी गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि हो । पहिलो निर्वाचनबाटै राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल सो दलले २०८० असारसम्म छ करोड ५० लाख रुपियाँ आम्दानी गरेको छ । सो दलको जम्मा खर्च करिब पाँच करोड आठ लाख छ । कर्जासहितको खुद बचत एक करोड ४५ लाख ४७ हजार रहेको रास्वापाले बुझाएको विवरणमा उल्लेख छ । सत्ता नेतृत्व गरेको माओवादी केन्द्र ले भने आव २०७९–८० मा तीन करोड ४८ लाख ४१ हजार आम्दानी गरेकोमा तीन करोड ८१ लाख खर्च गरेको छ । सो दलले बुझाएको विवरण अनुसार करिब ११ करोड रुपियाँ विभिन्न कोष र सञ्चय शीर्षकमा राखिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० 0८:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।