sweet bonanza
January 23, 2026 | शुक्रबार, माघ ११, २०८२
सुचनाहरु
Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को

राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १३:४३
राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध प्रतिनिधिसभाका प्रतिपक्षी दल गोलबद्ध भएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेका थिए । सोही विधेयक प्रमाणीकरणको प्रक्रियाविरुद्ध प्रतिपक्षी दलहरूले आइतबारको संसद् अवरोध गरेका छन् । बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १ घण्टाका लागि स्थगित गरेका छन् । उनीहरूले बैठकमा प्रमाणीकरणको प्रक्रियाविरुद्ध नाराबाजी गरे ।

यस्तो छ दलहरूको माग

प्रतिपक्ष दलले अघिल्लो संसद्ले प्रमाणीकरणका लागि पठाएको निष्क्रिय विधेयक प्रमाणीकरण गरेको भन्दै आपत्त्ति जनाएका हुन् ।

एमालेका प्रमुख सचेतक पदम गिरीले नागरिकता प्राप्त गर्न नपाउँदा लाइसेन्स नपाएको, बैंकमा खाता खोल्न नपाउने समस्या समाधानको दायित्व आफूहरूकै रहेको बताए । तर, नयाँ विधेयक एक साताभित्र पारित गरेर उनीहरूलाई नागरिकता प्रदान गर्नुपर्ने माग आफूहरूको रहेको बताए ।

“संसद्मा नयाँ नागरिकता विधेयक दर्ता होस् । दिनरात छलफल गरेर एक हप्ताभित्र नयाँ विधेयक पारित गराएर ती नागरिकलाई नागरिकता प्रदान गर्ने काम अघि बढाऔं भनिरहेका छौँ,” गिरीले भने ।

त्यस्तै, एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा दिएको अभिव्यक्तिबारे संसद्मा माफी माग्नुपर्ने माग राखेको छ ।

“फुलबारी रुट प्राप्त गर्नका निम्ति नेपालको पश्चिमको कालापानी, लिम्पियाधुरा, लिपुलेक दिन पनि तयार छौँ भन्ने कुराले सिंगो राष्ट्रको शीर निहुरिएको छ । अपमान वोध भएको छ,” प्रमुख सचेतक गिरीले भने ।

उनले प्रधानमन्त्रीबाट यस्ता कुरा आउनु दुःखद् भएको भन्दै त्रुटी सच्याउनुपर्ने बताए । “यो सदनका अघि आएर उहाँले माफी माग्नुपर्छ । नभएसम्म हामी अघि बढ्न सक्ने अवस्था रहँदैन,” गिरीले बैठकमा भने ।

त्यस्तै प्रतिपक्षी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रमाणीकरणको विधि गलत भएको बताए । जनताको समस्या समाधान गर्न भन्दा पनि अरु नै स्वार्थबाट विधेयक प्रमाणीकरण भएको रास्वपाको आरोप छ ।

“यो राजनीतिक समस्या हो । मधेसमा धेरै पीडित छन् । सरकारमा रहँदा साझा न्यूनतम कार्यक्रममा पनि हामीले यो विषय राखेका छौँ । संसद्मा हामीले कुरा उठाएका छौँ,” परियारले भने, “तर जुन विधिबाट आएको छ, पीडित जनताको समस्या समाधान गर्नभन्दा पनि अन्य कुनै स्वार्थका कारण आएको छ ।”

गलत कर्मको भारी रास्वपाले बोक्न नसक्ने भन्दै विधेयक प्रमाणीकरणको विधि नसच्चिए सदन र सडकमा संघर्ष गर्ने उनले बताए । प्रतिपक्षी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दाको भूमिका खेलेको समेत आरोप लगाए ।

उनले यत्रो दिन किन नागरिकता विधेयक प्रमाणीकरण गर्नु परेन र अहिले भारत भ्रमणको मुखमा गर्नुपर्यो भन्दै प्रश्न गरे । उनले पार्टीले प्रमाणीकरणको प्रक्रियाको विरोधमा आफूहरू रहेको सुनाए ।

“बाउआमा नेपाली नागरिक भएका छोराछोरी नागरिकता पाउनबाट वञ्चित भएका हजारौँ नागरिकले नागरिकता पाउनुपर्छ । नागरिकता ऐन संशोधन हुनुपर्छ भन्नेमा हाम्रो कसैको दुई मत छैन,” लिङदेनले भने, “जुन प्रक्रियाबाट जुन समयमा नागरिकता विधेयक प्रमाणित गरियो, त्यसको विरुद्धमा राप्रपा छ ।”

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १३:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid