July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

बजेटमा कृषिलाई प्राथमिकता दिन आग्रह

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० 0९:५३
बजेटमा कृषिलाई प्राथमिकता दिन आग्रह

जनकपुरधाम,। मधेश प्रदेश सभामा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता अर्थात् पूर्वबजेटमाथि आइतबारदेखि छलफल सुरु भएको छ। सभामा प्रदेश सांसदहरूले कृषिले प्रदेशको जिडिपी बढाउने भएको हुँदा कृषिमा बढी बजेट विनियोजन गर्न आग्रह गर्नुभएको छ।

बैठकमा प्रदेश सांसद रामआशिष यादवले विगतमा कृषि क्षेत्रमा देश पूर्ण रूपमा मधेशमा निर्भर भएकाले प्रस्तुत विधेयकमा कृषिलाई प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो। उहाँले विनियोजन विधेयकमा वातावरण संरक्षणको विषय स्पष्ट रूपमा राखिनुपर्ने बताउँदै वातावरण सन्तुलनका लागि विभिन्न स्थानमा निर्माण गरिने पार्कको मोडेलमा ध्यान दिनुपर्ने बताउनुभयो।

यस्तै सांसद जवाहरलाल कुशवाहाले सरकारी, निजी तथा सहकारीलाई जोडेर तीन खण्डीय अर्थ नीतिको व्यवस्था ल्याउनुपर्ने बताउनुभयो। उहाँले तीन खण्डीय अर्थ नीतिले सहकारी क्षेत्रलाई प्रवर्धन गर्ने नीति ल्याउनुपर्ने बताउँदै नदी नियन्त्रणतर्फ जोड दिई चुरे क्षेत्रलाई जोगाउनुपर्ने बताउनुभयो।

सांसद किरणकुमारी साहले आगामी बजेटमा शिक्षामा जोड दिनुपर्ने भन्दै प्रदेशको पाठ्यक्रममा एकरूपता ल्याउने खालको बजेट निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले महिला शिक्षालाई प्राथमिकतामा राख्दै प्रदेशमा कन्या आवासीय विद्यालय स्थापना हुनुपर्ने भन्दै भौतिक पूर्वाधार सम्पन्न विद्यालय स्थापनामा जोड दिनुभयो।

सांसद जनार्दनसिंह क्षेत्रीले पर्यटन र महिलाको स्वास्थ्यलाई ध्यानमा राखी बजेट कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो। पर्सा राष्ट्रिय निकुञ्जलाई सौराहा जस्तो बनाउनुपर्ने र महिलाको पाठेघर क्यान्सरका लागि निःशुल्क खोपको व्यवस्था हुने खालको योजना आगामी बजेटमा समावेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

यस्तै सांसद प्रमोदकुमार जैसवालले अन्तरप्रदेश सहकार्यमा जोड दिनुपर्ने बताउँदै दुई प्रदेशबिचको सहकार्यलाई बढावा दिने खालको बजेट विनियोजन हुनुपर्ने बताउनुभयो। उहाँले एक प्रदेशको उत्पादन अर्को प्रदेश र अर्को प्रदेशको उत्पादन मधेश प्रदेशमा ल्याउने खालको योजना पनि आगामी बजेटमा समेटिनुपर्ने बताउनुभयो।

सांसद शेषनारायण यादवले महेन्द्रनारायण निधि आवास परियोजना आगामी बजेटमा समावेश गरिनुपर्ने बताउनुभयो। सांसद मालाकुमारी कर्णले स्वास्थ्य क्षेत्रमा जोड दिँदै ‘डोर टु डोर’ डाक्टर सेवाका लागि  बजेट विनियोजन हुनुपर्ने, फोहोर प्रशोधन केन्द्र प्रदेशमा स्थापन हुनुपर्ने र पर्यटन प्रवर्धनका लागि योजना ल्याउनुपर्ने बताउनुभयो। सञ्चार क्षेत्रलाई सक्षम बनाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो।

यसै गरी सांसद मनोजकुमार सिंहले लागुऔषध दुव्र्यसनलाई नियन्त्रण तथा न्यूनीकरण गर्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। सांसद श्यामप्रसाद पटेलले पर्यटन प्रवर्धनका लागि प्रदेशमा पर्यटन बोर्ड गठन गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकतामाथि छलफलका लागि प्रदेश सांसदहरूलाई प्रस्ताव गर्नुभएको थियो। छलफलमा अधिकांश सांसदले आगामी बजेटमा कृषिसँगै पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको मधेश प्रदेशका पर्यटकीय स्थल प्रवर्धनका लागि पर्यटकीय क्षेत्र विकाससम्बन्धी योजना ल्याउनुपर्नेमा जोड दिनुभएको थियो।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० 0९:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्