काठमाडौं । मुर्रा राँगाको विषय आएपछि प्रतिनिधिसभामा हाँसो छाएको छ । प्रधानमन्त्रीले सम्बोधन टुग्याउँदै गर्दा फ्लोरबाट कसैले ’भैँसी, भैँसी’ भनेको थियो । त्यसपछि प्रधानमन्त्रीले ’भैँसी’ उच्चारण गर्ने बित्तिकै सांसदहरू हाँसेका थिए । “यो भैँसीको कुरा अहिले भएको कुरा होइन । सात वर्ष अगाडि नै मुर्रा भैँसी ल्याउने समझदारी भएको रहेछ ।
आएको मात्रै अहिले हो । मान्छेले मलाई भैँसी चढाएर हिँडाएका छन्,“ प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीले यति भनिसकेपछि सांसदहरू फेरि हाँसेका थिए । त्यसपछि कसैले ’राँगा’ भनेपछि प्रधानमन्त्री भने,“राँगा, राँगा नै हो । मुर्रा हो, मुर्रा ।“