October 24, 2024 | बिहिबार, कार्तिक ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

पहिचान पक्षधरलाई वार्तामा आउन कोशी सरकारको आह्वान

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:0७
पहिचान पक्षधरलाई वार्तामा आउन कोशी सरकारको आह्वान

बिराटनगर ।  कोशी प्रदेश नाम खारेजीको आन्दोलन गरिरहेका पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले वार्ताका लागि आह्वान गरेको छ।

मंगलबार प्रदेश सरकारका प्रवक्ता तथा कृषि उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौलाले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेका हुन्।

आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन सरकारले आग्रह गरेको छ।

पहिचान पक्षधरले आइतबार प्रदेशसभा भवननजिक आन्दोलन गर्ने क्रममा सुरक्षाकर्मीसँग झडप भएको थियो। सो झडपमा १७ जना आन्दोलनकारी र ५४ जना सुरक्षाकर्मी घाइते भएका थिए।

प्रहरीले ८६ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएकामध्ये ६० जना सोमबार नै छुटेका थिए।

मोरङ प्रहरीका अनुसार आन्दोलन शान्तिपूर्ण बनाउने सहमति भएपछि मुद्दा चलाउने तयारी गरिएका २६ जनालाई पनि मंगलबार छाडिएको छ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्