sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘नेपाल घुमौं, नेपाल चिनौं’ नारासहित महोत्सव हुने

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १२:१९
‘नेपाल घुमौं, नेपाल चिनौं’ नारासहित महोत्सव हुने

काठमाडौं ।।

पर्यटन र फिल्म प्रवद्र्धन गर्ने उद्देश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । मंगलबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा आगामी असोज ४ गतेदेखि ६ गतेसम्म सुर्खेतमा महोत्सव हुन लागेको जानकारी दिइयो ।

‘नेपाल घुमौं, नेपाल चिनौं’ नारासहित महोत्सव आयोजना गर्न लागिएको संयोजक तथा अन्तर्राष्ट्रिय रुपमै राम्रो कमाइ गरेको फिल्म ‘प्रेमगीत ३’का निर्माता चक्रबहादुर चन्दले बताए । प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले फिल्म छायांकनको प्रचूर सम्भावना भएको कर्णाली क्षेत्रलाई प्रतिनिधित्व हुनेगरी महोत्सव आयोजना गर्न आफूले सघाउने बताए ।

‘कर्णाली नेपाली भाषाको उद्गम थलो भएकाले यहाँका कथा, कला, रीतिरिवाज, भेषभूषा, परम्परा र भाषा संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्न महोत्सव प्रभावकारी हुने आशा मैले लिएको छु,’ उनले भने । उनले कर्णालीमा फिल्म छायांकनका लागि जाँदा सडकको दूरावस्थाले चुनौती सिर्जना गरेको भन्दै सडकको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

कार्यक्रममा अभिनेता शिव श्रेष्ठ, राप्रपा नेतृ कुन्तीकुमारी शाही, मध्यपश्चिम विश्विद्यालयका पूर्वरजिष्टार महेन्द्रकुमार मल्ल, कमेडियन हिमेश पन्त, फिल्म निर्मात्री रज्जु प्रधानलगायत उपस्थित थिए । महोत्सवमा दर्शन नेपाल क्रियसन प्रालि र वर्षाज फिल्म वर्क्स सिक्किमको ब्यानरमा निर्माण भएको लागुऔषधविरुद्धको सन्देश दिने फिल्मको प्रिमियर गरिने समेत जानकारी दिइयो । यो फिल्मलाई ‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण पाठकले निर्देशन गरेका हुन् ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid