June 23, 2024 | आइतवार, असार ९, २०८१
सुचनाहरु
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा

सुनकोसीबाट २ सब भेटियो अझै एक बेपत्ता

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १0:३७
सुनकोसीबाट २ सब भेटियो अझै एक बेपत्ता

काठमाडौं ।।

  • सुनकोसी नदीमा दुईजनाको शव भेटियो 
  • पोस्टमार्टमका लागि दुवै शव काठमाडौं ल्याइयो 
  • दुर्घटनामा परेको ७४६७ नम्बरको स्कोर्पियो जिप 
  • नवलपरासीका यमप्रसाद भुर्तेलको अवस्था अज्ञात

सुनकोसी नदीमा मंगलबार गाडीमा भेटिएका दुई शवको पहिचान भएको छ । मंगलबार साँझ गाडीभित्र दुईजनाको शव भेटिएको थियो । तर, उनीहरूको पहिचान हुन सकेको थिएन । परिवारको सहयोगमा उनीहरूको पहिचान गरिएको सिन्धुलीका डीएसपी चीरनञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार सीटीईभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका -९ का कृष्णबहादुर केसी र सीटीईभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेलको शव भेटिएको हो । पोस्टमार्टमका लागि दुवै शव काठमाडौं ल्याइएको छ ।

गत शुक्रबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटनामा परेको थियो । गाडीका चालक पौडिएर बाहिर निस्किएका थिए भने तीनजना बेपत्ता भएका थिए । सीटीईभीटीकै योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद भुर्तेलको अवस्था अज्ञात छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्