काठमडौं ।।
सरकारले अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवा संचालन नियमावली २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको हो ।
“आवश्यक सेवामा हडताल निषेधको आदेश जारी गर्ने निर्णय भएको छ,” सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, “कँहा-कँहा हडताल निषेध गर्ने भनेर नेपाल राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।
” उनले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्ष तोकिएको पनि जानकारी दिइन् । “कालिमाटि तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भूजेललाई तोकिएको छ,” मन्त्री शर्माले भनिन् ।