sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बालेनको ब्रसेल्स भ्रमण स्वीकृत

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० ११:२५
बालेनको ब्रसेल्स भ्रमण स्वीकृत

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शाहको भ्रमण स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरुको विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जाँदैछन् । मन्त्रिपरिषद् बैठकले काभ्रेको पाँचखाल नगरपालिकास्थित औद्योगिक ग्रामलाई ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम’का रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।

महिला उद्यमीहरुलाई लक्षित गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम’मा रुपान्तरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको थियो ।

कालीमाटी फलफूल तथा तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई तोक्ने निर्णयसमेत गरेको छ । वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा माथिल्लो मैलुङ जलविद्युत आयोजनालाई आयोजनाको टावर राइट अफ वेका लागि रसुवा र नुवाकोट जिल्लामा रहेको वन क्षेत्र प्रयोग गर्न दिन पनि मन्त्रिपरिषदले स्वीकृति दिएको छ ।

बैठकले अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । यो घोषणा ६-६ महिनामा घोषणा गर्नुपर्ने नियम भएकाले सरकारले अहिले पुनः निर्णय गर्नुपरेको मन्त्री शर्माले जानकारी दिइन् ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid