April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

भारत र श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १६:४९
भारत र श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै
  • भारत र श्रीलकाका विदेशमन्त्री नेपाल भ्रमणमा आउने
  • बैठकमा सहभागी हुन नेपाल आउन लागेको जानकारी 
  • संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने

काठमाडौं ।।

भारतका विदेशमन्त्री एस. जयशंकर र श्रीलकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकर नेपाल – भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । श्रीलंकाका विदेशमन्त्री साब्री पनि नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका स्रोतले जानकारी गराएको छ ।

नेपाल-भारत संयुक्त आयोगको बैठक सन् २०२४ जनवरीको पहिलो साताका निम्ति तय गरिएको छ । बैठक नेपाल र भारतका विदेशमन्त्रीको नेतृत्वमा हुनेछ । सन् १९८७ मा स्थापना गरिएको नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको नयाँ दिल्लीमा २०२१ जनवरी दोस्रो साता भएको थियो । संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने अभ्यास छ ।

बैठकमा नेपाल-भारत सम्बन्धका सबै विषयमा छलफल गर्ने गरिन्छ । यस्तै, २००९ मा नेपाल–श्रीलंका संयुक्त आयोगको स्थापना गरिएको थियो । श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षेको नेपाल भ्रमणका बेला संयुक्त आयोग गठन गरिएको थियो ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १६:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।