sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शरणार्थी प्रकरणको जाहेरी दिने बुढाथोकीविरुद्ध नै ठगी मुद्दा

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० ११:५0
शरणार्थी प्रकरणको जाहेरी दिने बुढाथोकीविरुद्ध नै ठगी मुद्दा

काठमाडौं।।

  • नक्कली शरणार्थी प्रकरणबारे
  • जाहेरी दिने गजेन्द्र बुढाथोकीविरुद्ध दाङका ठगी मुद्दा
  • ९ करोड ७८ लाख रुपैयाँ
  • विभिन्न व्यक्तिबाट १५ देखि ३० लाख उठाएको
  • ६० जनाको पैसा फसेको
  • जिल्ला अदालत दाङमा ठगी मुद्दा चलिरहेको

नक्कली शरणार्थी प्रकरणबारे प्रहरीमा पहिलो जाहेरी दिने गजेन्द्र बुढाथोकीविरुद्ध दाङका ठगी मुद्दा चलिरहेको खुलासा भएको छ । आफूले जम्मा गरेको ९ करोड ७८ लाख रुपैयाँ लिएर काम नगरेको भन्दै प्रहरीलाई ठगीको उजुरी दिएका उनीमाथि जिल्ला अदालत दाङमा एक करोड ४९ लाख रुपैयाँ बिगो माग दाबीसहित ठगी मुद्दा चलेको हो ।

मंगलबार जिल्ला अदालतमा चलिरहेको बहसका क्रममा जाहेरीकर्ताहरुको तर्फबाट बहस गर्दै अधिवक्ता दिपकराज रेग्मीले उजुरी दिएका पीडितविरुद्ध नै जिल्ला अदालतमा ठगी मुद्दा चलेको बताए।‘दाङका रामकुमार रेग्मीले अमेरिका जान पाउने भएपछि रकम दिए, उनको कुरा सुनेपछि विश्वासमा परेका परिवारका सबै सदस्यले रकम बुझाए, अनि आफन्तले समेत गजेन्द्र बुढाथोकीलाई पैसा बुझाए,’ उनले भने, ‘यहाँ ठगीको बारेमा सुरुमा जाहेरी दिने दाङका गजेन्द्र बुढाथोकी हुन्, उनैविरुद्ध गत फागुनमा जिल्ला अदालत दाङमा ठगी मुद्दा चलिरहेको छ । त्यो मिसिल झिकाइ पाँऊ ।’

जाहेरीमा दाङकै राजु केसी लगायतले आफू लगायतलाई अमेरिका पठाइदिन्छु भनी पटकपटक रकम लिएको विवरण खुलाएका छन् । उनीहरुले विभिन्न व्यक्तिबाट १५ देखि ३० लाख उठाएको र पछि अमेरिका नपठाएपछि खोजतलास गर्दा गजेन्द्र सम्पर्कबिहीन भएको दाबी गरेका छन् । जाहेरीमा भनिएको छ, ‘अमेरिका पठाइदिन्छु भनी हामीबाट नगद पैसा लिइ झुक्याइ धोका दिइ बेइमानी गरी ठगी गर्ने बुढाथोकीलाई हदैसम्मको कारवाही गरी उल्लेखित रुपैयाँ दिलाइ भराइ पाउँ ।’‘गृह मन्त्रालयका सचिव हौं भने, १५ लाख बुझेर गए’

रकम बुझाएकामध्ये एक राजन अधिकारीका अनुसार, दाङ घर भएका बुढाथोकी १८-२० वर्षदेखि अमेरिकामा थिए । उनको घरमा ज्योती विकास बैंक भाडामा रहेको छ ।बैंकले समेत गजेन्द्रसँग सम्पर्क नभएकाले उनकी श्रीमतीको खातामा भाडा पठाउने गरेको खुलेको भन्दै जाहेरीमा सात जनाबाट लिएको रकम फिर्ता गर्न माग छ । उनीहरुले एक करोड ४९ लाख रुपैयाँ फिर्ता हुनुपर्ने माग गरेका थिए ।मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले बुढाथोकीलाई भेट्न सकेन ।

अनि फरार देखिएको भन्दै ३० फागुन २०७९ मा जिल्ला अदालत, दाङमा ठगी मुद्दा चलायो ।बुढाथोकी अदालतमा पेस भएका छैनन, अदालतले भने प्रमाण बुझ्ने आदेशमात्रै गरेको छ, मुद्दा अघि बढेको छैन ।नक्कली शरणार्थी प्रकरणवारे बुढाथोकीले १८ जेठ २०७९ मा जिल्ला प्रहरी परिसर, काठमाडौंमा ४८ पेजको कागजातसहित जाहेरी दिएको देखिन्छ ।जिल्ला अदालत, काठमाडौंमा पेस भएको अभियोगपत्रमा उनले आफू र चिनजानका ६१ जनाबाट सन्देश शर्माले ९ लाख ७८ हजार रुपैयाँ उठाएको उल्लेख गरेका छन् ।

उनले जाहेरीमा भनेका छन्, ‘सन्देश शर्माले श्रम, गृह मन्त्रालय र सरकारका विभिन्न निकायहरुबाट भुटानी शरणार्थीहरुको सम्बन्धमा भएको निर्णय र सोसँग सम्बन्धित समाचारको फोटो पठाउने काम गरी म लगायतबाट रकम लिइ अमेरिका नपठाइ रकम फिर्ता नगरी ठगी गरेको हुँदा कारबाही गरी पाऊँ ।’ शर्माका साथै केशवप्रसाद दुलाल, सानु भण्डारीलगायतले ‘हामीले उच्च अधिकारीहरुलाई चिनेका छौं, प्रधानमन्त्रीसँग समेत कुरा गरिरहेकोले यस्तो अफर आइरहँदैन, मौकाको फाइदा लिनुहोस’ भनी आफूहरुलाई विश्वास गराएको दाबीसमेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा गजेन्द्र बुढाथोकीविरुद्ध ७ जनाले जाहेरी दिएपछि उनले प्रहरीले दिएको जाहेरीमा भने आफूलगायत ६० जनाको पैसा फसेको उल्लेख गरेका छन् ।

उनको दाबीमा आफूबाट मात्रै आरोपितहरुले ९ करोड ७८ हजार रुपैयाँ लिएका थिए ।

 

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid