July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

जीवित दाजुको मृत्युदर्ता गरेर अंश बाँडफाँड

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १३:२१
जीवित दाजुको मृत्युदर्ता गरेर अंश बाँडफाँड

तर, धरान–१३ (साविक धरान १०) को एक कित्ता जग्गा दाजुबाट छलेर आफ्नो नाममा ल्याउन भने भाईहरुले मृत्युदर्ता नै गरेर बाँडफाँड गरिदिएका छन् । धरान नगरपालिकाले २०६९ साल फागुनमा मृत्यु दर्ता प्रमाणित गरिदिएका अशोक श्रेष्ठ बुधबार यो सूचना दिन आफैं उपस्थित भएका थिए । धरान नगरपालिकाले भन्दा अगाडी मालपोत कार्यालय सुनसरीले २०६३ फागुन ४ गते वेपत्ता भएको सुचना जारी गरिसकेको छ । यो सुचनाको छाँयाकपी २०७१ कार्तिक ११ गते पनि जारी भएको छ ।

खासको के थियो पृष्ठभूमि
धरान नगरपालिका–१३ (साविक १० नम्बर) मा स्वर्गिय विश्वनाथ श्रेष्ठको १५६ कित्ता नम्बरमा ०–१–१४ क्षेत्रफलको जग्गा थियो । विश्वनाथका तीन भाई छोरा अशोक श्रेष्ठ (जेठो), सुदिल श्रेष्ठ (माइलो) र अनिल श्रेष्ठ (कान्छो) छोरा थिए । उनीहरुसँग स्व.तुलसी माया श्रेष्ठ एक चेली थिइन् ।
अशोकले तीन विवाह गरे । जेठी श्रीमती हेटौंडाबाट विवाह गरेको तीन महिनापछि मृत्युभयो । माईली लेटाङबाट विवाह गरेका थिए । उनी माईती फर्किन् । कानुनले माईली श्रीमतीतर्फ एक छोरी र एक छोरा रहेको देखिन्छ । यद्यपी अशोक भने तीन महिना मात्रै बसेकी श्रीमतीबाट सन्तान जन्मेको आफूलाई थाहा नभएको बताउँछन् । अशोकले २०५० सालमा अर्की श्रीमतीसँग विवाह गरे । उनी सविता श्रेष्ठ अहिले अशोकसँगै छिन् । कान्छीबाट तीन छोरी जन्मिए ।

२०६० सालबाट अशोक र सविता विराटनगरमा बस्दै आएका छन् । उनले जति विवाह गरेपनि बाबुको नाममा रहेको अशं अन्य दाजु भाई सरह पाउनु पर्ने थियो । तर, भाईहरु सुदिल र अनिलले २०५५ सालबाट दाजु वेपत्ता भएको भन्दै २०६३ साल फागुन ४ गते मालपोत कार्यालयबाट सुचना जारी गराएका छन् । जतिबेला सुचना जारी गराए त्यसबेलासम्म आफ्नो भाईहरुसँग सम्पर्क रहेको उनी बताउँछन् ।
अशोक कान सुन्दैनन् । उनमा सुस्त श्रवणको समस्या छ । जीवित रहेका अशोकलाई मृत्यु भएको प्रमाणित गर्न मालपोत कार्यालय, धरान नगरपालिका र इलाका प्रहरी कार्यालय समेत सामेल भएका छन् ।

धरान नगरपालिकाका (हाल उपमहानगरपालिका)ले २०६९ फागुनमा भाईहरु अनिल र सुदिल श्रेष्ठको परिवारसँग नाता प्रमाणित गरिदिएको छ । त्यसमा बुबा विश्वनाथ श्रेष्ठ, आमा विष्णुमाया श्रेष्ठ, दाजु अशोक श्रेष्ठ र बहिनी तुलसीदेवी श्रेष्ठको नाम मृत्यु भएको महलमा उल्लेख छ । त्यसपछि सुदिल र अनिल श्रेष्ठ बाँकी रहेकोले बाबुको नाममा रहेको सम्पतिको हकदावी गर्ने अन्य व्यक्ति नभएको प्रमाणित गराईएको छ ।
अंश हकदावी गर्ने प्रमाणित गराउन हरदम प्रयास गरेका उनीहरुले बोल्न नसक्ने बहिनीको मृत्यु भएको देखाएका छन् । दाजु अशोक श्रेष्ठले भने बहिनीको मृत्यु के कारणले भयो भन्ने जानकारी अहिलेसम्म आफुले थाहा नपाएको बताएका छन् । यस्तै बाबु र आमाको मृत्यु भएको खबर समेत आफूले नपाएको गुनासो गरे ।

अंश मुद्दा जिल्ला अदालत सुनसरी हुँदै अहिले उच्च अदालत विराटनगरमा विचाराधिन छ । आफ्ना दुई भाईहरुले माईती श्रीमतीतर्फका छोरालाई तीन धुर जग्गा दिएर बाबु वेपत्ता रहेको भन्दै अंश बाँडफाँड गरेका हुन् । बाबुको नाममा धरान र काठमाण्डौंमा समेत अशं रहेको उनीहरु बताउँछन् । तर, अंश लिनका लागि आफैंलाई मरेको भन्ने प्रमाणित गराएका भाईहरुसँग मुद्दा लड्दालड्दै ऋणको भारले किचिसकेको अशोकले बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्