March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी

करोडौँको स्वास्थ्य उपकरण स्टोरमै

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १0:४१
करोडौँको स्वास्थ्य उपकरण स्टोरमै

तम्घास । गुल्मी अस्पतालमा एक वर्षदेखि दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियु अलपत्र अवस्थामा रहेको छ । एक करोड पचास लाख बढीको उपकरण प्रयोगमा आउन सकेको छैन ।

स्वास्थ्य उपकरणमा खिया आउन थालेको छ तर सेवाग्राही भने निजी अस्पतालहरूमा महँगो मूल्य तिरेर उपचार गर्न बाध्य छन् । जनशक्ति व्यवस्थापन नहुँदा भेन्टिलेटरसहितको आइसियु प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले कोभिड सकिएपश्चात् ल्याबको प्रयोग नआएको स्वीकार गर्नुभयो ।

पछिल्लो समयमा पिसीआर खर्चिलो भएको र त्यसको कार्य एन्टिजेन परीक्षणबाट सरल ,सहज र कम खर्चिलोमा हुने भएको ल्याबको उपयोग नभएको उहाँले बताउनुभयो । आइसियु सञ्चालनमा भने दक्ष जनशक्ति नहुँदा त्यसको सञ्चालन हुन नसकेको पाण्डेको भनाई छ ।

गुल्मी अस्पतालमा स्थायी दरबन्दी ५९ जनाको हो । तर, अहिले १७ जना मात्र स्थायी दरबन्दी र फाजिलका जनशक्ति अस्पतालमा कार्यरत छन् । अस्पतालमा विशेषज्ञ डाक्टरहरूको १० स्थायी दरबन्दी छ । तर, स्थायी दरबन्दीमा विशेषज्ञ डाक्टर एक जना मात्रै छन् ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट