May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पार्टीको पुनर्जीवनका लागि तल्लो तहसम्म जान्छौँ : गगन थापा

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १0:५३
पार्टीको पुनर्जीवनका लागि तल्लो तहसम्म जान्छौँ : गगन थापा

विराटनगर ।।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्जीवनका लागि आफूहरू तल्लो तहसम्म जाने बताएका छन् । पछिल्लो समय कांग्रेसप्रति युवापुस्ताको निराशा बढ्दै गएको पाइएकाले अब सुधारको अभियान सञ्चालन गरिने उनले बताए । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, “पार्टी विधानानुसार धेरै अधिकार सभापतिमै निहित छ ।

अब उहाँले नै केन्द्रीय समितिको बैठक बोलाएर गठन गर्न बाँकी रहेका विभाग आदिलाई पूर्णता दिनुपर्छ ।” आफूहरूप्रति अपेक्षा बढ्नु स्वभाविक भएको भन्दै उनले कांग्रेसको विधानले महासचिवले गर्ने कार्य निश्चित तोकेको र सोभन्दा पर गई केही गर्न नसकिने सुनाए ।

“धेरै अधिकार त सभापतिमा नै हुन्छ, तर हामी सभापतिले काम गर्नु भएन भनेर टुलुटुल बस्ने होइन, कांग्रेस रूपान्तरणको लागि तल कार्यकर्तापंक्तिमा पुग्छौँ,” उनले भने । भारतले सांस्कृतिक नक्सा संसद् भवनमा राखेको प्रसंगमा महामन्त्री थापाले नेपालको इतिहास र विगतको सांस्कृतिक नक्साबारे सबै नेपाली जानकार रहेको बताए ।

उनले भने, “हाम्रो सांस्कृतिक नक्साको बारेमा हामी पनि जानकार छौँ । अरूलाई पनि यो थाहा छ ।” धेरै निराश हुनुभन्दा सम्भावना पहिल्याएर देश विकासमा अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १0:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट