July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

सार्वजनिक यातायातमा नयाँ भाडादर

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १0:१३
सार्वजनिक यातायातमा नयाँ भाडादर

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक यातायातमा नयाँ भाडादर कायम गरेको छ । जेठ १६ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशका ३१ वटा रुटमा लामो, मध्यम र छोटो दुरीमा चल्ने सवारीसाधनको नयाँ भाडादर कायम गरेको हो।

सरकारले कायम गरेको नयाँ भाडादरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि बिहीबारदेखि लागु भएको छ। सरकारले निर्धारण गरेको भाडादर अनुसार सबैभन्दा बढी टीकापुर–साँफेबगरसम्मको भाडा रहेको छ।

यो रुटको भाडा एक हजार २३६ रुपियाँ निर्धारण गरेको छ । कञ्चनपुरदेखि दार्चुलासम्मको भाडा एक हजार २२९ रुपियाँ रहेको छ। सबैभन्दा कम भाडा धनगढी–चुनपानीसम्मको ५७ रुपियाँ कायम गरिएको छ।

टीकापुर–बैतडीको एक हजार ११, चुनेपानी–डडेलधुराको ४२३, टीकापुर–सिलगढीको ९४२, डडेलधुरा–बैतडीको २५९, डडेलधुरा–खोड्पेको १३२, धनगढी–चिसापानी २८१, धनगढी–चैनपुर एक हजार ४१, धनगढी–टीकापुर २९४, धनगढी–डडेलधुरा ४८०, धनगढी–डडेलधुरा–साँफेबगर ९५७ र धनगढी–महेन्द्रनगरको १५९ रुपियाँ नयाँ भाडादर कायम गरिएको छ।

त्यस्तै धनगढी–सुखड–भजनीसम्मको २४२, धनगढी–साँफेबगरसम्म ९३९, धनगढी–सिलगढी ६९७, महेन्द्रनगर–अत्तरिया–डडेलधुराको ५५७, महेन्द्रनगर–साँफेबगरको एक हजार २३, साँफेबगर–सिलगढी २४२, खोड्पे–सिमखेत ४२७, गड्डाचौकी–महेन्द्रनगर–बैतडीसम्म ८७८ कायम गरिएको छ।

यस्तै धनगढी–बैतडीको भाडा ७८७, धनगढी दार्चुलाको एक हजार १५१, धनगढी–साँफेबगर–मार्तडीको एक हजार १४१, धनगढी–साँफेगर–मङ्गलसेनको एक हजार ७१, महेन्द्रनगर–अत्तरिया डडेलधुराको ५५७ रुपियाँ भाडा कायम गरिएको छ।

यसैगरी महेन्द्रनगर–अत्तरिया–साँफेबगर–मङ्गलसेनको एक हजार १४८, महेन्द्रनगर–अत्तरिया–साँफेबगर मार्तडीको एक हजार २१८, महेन्द्रनगर–अत्तरिया–बैतडीको ८६४ रुपियाँ भाडादर कायम गरिएको छ। महेन्द्रनगर–अत्तरिया–चैनपुर (बझाङ) को एक हजार ११८ र महेन्द्रनगर–सिलगढीसम्मको भाडा ७७४ रुपियाँ कायम गरिएको छ।

स्तरीय डिलक्स सवारीका रूपमा स्तर कायम भई सवारी दर्ता प्रमाणपत्र (ब्लु बुक) मा प्रमाणित भएका यात्रुवाहक सवारीको हकमा तोकिएको भाडामा २० प्रतिशत थप गरी भाडा लिन सकिने मन्त्रालयका सचिव प्रेम भट्टले जानकारी दिनुभयो।

उहाँका अनुसार तराईको पक्की सडक र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनी बसका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति २.८४ रुपियाँ भाडा कायम गरिएको छ। पहाडको पक्की सडक र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनी बसका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति ३.४८ रुपियाँ कायम गरिएको छ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १0:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट