July 11, 2025 | शुक्रबार, असार २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विनोद चौधरी : धान रोपेर मल चाहिने बेला सरकार खोज्न दौडन्छ

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १२:२८
विनोद चौधरी  : धान रोपेर मल चाहिने बेला सरकार खोज्न दौडन्छ

काठमाडौं ।।

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले अझै पनि किसानका लागि मलको समस्या समाधान गर्न नसकेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले सरकारले कहिल्यै किसानलाई समयमै मल दिन नसकेको बताएका हुन् ।
उनले भने, “किसानलाई कहिल्यै मलसम्म दिन सकेनौँ । जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिरहन्छ । जब पर्यो  राति तब ताती बूढी भन्ने हाम्रो उखान नै छ ।” यस्तो प्रवृत्तिलाई कायम राखी किसानको मुहारमा खुसी ल्याउन नसकिने उनको भनाइ छ ।

‘उत्पादन साथमा अनुदानमा हातमा’, ‘एक स्वास्थ्य संस्था एक चिकित्सक’, ‘अबको जीवन स्वदेशमा नै,’ ‘नेपाल घुमौँ नेपाल चिनौँ’ जस्ता नाराले बजेटको दृष्टिकोण प्रस्ट्याएको उनले बताए । तर, त्यसको कार्यान्वयनप्रति उनले आशंका व्यक्त गरे । रासायनिक मल र सिँचाइको अभाव, महँगो ज्यालाका कारण नेपालको उत्पादन छिमेकी मुलुकको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा रहेको सांसद चौधरीले बताए ।

मल वितरणका लागि पेट्रोलमा जस्तै सरकारी तवरबाटै आपूर्तिको व्यवस्था किन गर्न सकिँदैन भन्दै उनले प्रश्न समेत गरे । भारत र बंगलादेशबाट ग्यास पाइपलाइन ल्याएर रासायनिक मल कारखाना खोल्न सक्ने प्रस्ताव सरकारी निकायमा थन्किएर बसेको उनको भनाइ छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट