July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नक्कली शरणार्थी बनाउने गिरोहको बचाउमा रमण श्रेष्ठको जिकिर- आरोपी छाड्दा राज्यलाई घाटा हुन्न

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १२:३५
नक्कली शरणार्थी बनाउने गिरोहको बचाउमा रमण श्रेष्ठको जिकिर- आरोपी छाड्दा राज्यलाई घाटा हुन्न

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिबादीतर्फबाट वकिलको बहस आजपनि जारी रहेको छ । आज प्रतिवादी सानु भण्डारीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले अवैध कामका लागि लेनदेन भएको कारण जाहेरी र मुद्दा दर्ता हुने अवस्था नरहेको बताए ।

नेपालीलाई भुटानी बनाएर अमेरिका लान मिल्ने अवस्थामा मात्रै मुद्दा चल्ने उल्लेख गर्दै उनले भने, ‘यो अवैध कामका लागि पैसाको लेनदेन भएको कारण यो जाहेरी दर्ता हुने र मुद्दा दर्ता हुने अवस्था नै नरहेको छ । गैरकानूनी लेनदेनको बिगो कायम हुन सक्दैन । यदि नेपालीलाई भुटानी बनाएर अमेरिका लान मिल्छ भन्ने हो भने मात्रै मुद्दा चल्न सक्छ । तर नेपालीलाई भुटान बनाएर लान मिल्दैन त्यसैले मुद्दा, जाहेरी र बिगो काम हुन सक्दैन ।’

शंका र अनुमानलाई प्रमाण मान्न नमिल्ने भएकाले प्रतिवादीहरुलाई थुन्नुपर्ने कुनै कारण नरहेको उनको तर्क छ ।

सन्दीप लामिछानेको मुद्दामा पनि कुनै ठोस प्रमाण नभएकै कारण उच्च अदालतले छाडेको तर्क दिँदै उनले भने, ‘यो मुद्दामा प्रतिवादीहरूलाई थुन्नै पर्ने कारण छैन । थुन्नका लागि कारण चाहिन्छ । जेलमै राख्नुपर्ने कुनै कारण छैन । उनीहरूलाई छाड्दा राज्यको केही घाटा हुँदैन । थुन्ने पनि न्यायका लागि हो र छाड्ने पनि न्यायका लागि हो ।’

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १२:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्