April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय

  • साझा परिवेश
  • बुधबार, बैशाख ५, २०८१ १५:११
नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय

काठमाडौँ । काठमाडौँस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणको मुद्दा नचल्ने निर्णय गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै उक्त सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेको ३ जना रिहा भएका छन् । उक्त सहकारी प्रकरणमा उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र नविन अछामी पक्राउ परेका थिए । उक्त सहकारीको अध्यक्ष जीबी राई हुन् । उनी अहिले सहकारी ठगी प्रकरणमा फरार छन् ।

नयाँ कृषिको सञ्चालक समितिका सदस्य दुर्गा चापागाईं बुटवलमा थुनामा छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनलाई सीआईबीले काठमाडौँमा झिकाएर बयान लिएको थियो । सहकारी विभागले गत असोजमा सो सहकारीबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो ।

कृषि सहकारी खरिद गरेर एकलौटी बनाएका जीबी (गितेन्द्रबाबु) राई अहिले फरार छन् ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ५, २०८१ १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।