May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

मिल्ने भए प्रचण्ड र बाबुराम

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० ११:४६
मिल्ने भए प्रचण्ड र बाबुराम
  • करिब एक वर्षपछि माओवादी र नेसपा मिल्दै 
  • डा. भट्टराईको नेतृत्वमा समिति गठन गर्ने 
  • एकता हुने प्रवल सम्भावना 

काठमाडौं ।।

करिब एक वर्षपछि फेरि माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको बहस गर्माएको छ ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी नेसपाले माओवादीसँग एकताका लागि संयोजन समिति गठन गरेको छ । मंसिर ६ गते बसेको केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकता अरु पार्टीसँग ध्रुवीकरणका लागि डा. भट्टराईको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह छन् । संयोजन समितिले पार्टीको नाम, चिह्न, विचार लगायतका विषयमा निर्णय गर्ने नेताहरु बताउँछन् । माओवादी र नेसपाको वार्ता समितिको सुझाव अनुसार संयोजन समिति बनाउन उनीहरु जुटेका हुन् । पहिले पनि यी दुई दलबीच एकताको बहस चल्दै सेलाउँदै आएको छ । यो पटक भने एकता हुने सम्भावना प्रवल रहेको बुझाइ नेताहरुको छ ।

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट