May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

इजरायलद्वारा गाजा क्षेत्रमा स्थलगत आक्रमणको तयारी

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ९, २०८० १३:५७
इजरायलद्वारा गाजा क्षेत्रमा स्थलगत आक्रमणको तयारी

इजरायलले गाजा क्षेत्रमा स्थलगत आक्रमणको तयारी गरिरहेको जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक टेलिभिजनमा सम्बोधन गर्दै गाजा क्षेत्रमा स्थलगत सैन्य आक्रमणको तयारी भएको बताउनु भएको हो । तर, कहिले भन्नेबारे उहाँले केही नबताएका बीबीसीले जनाएको छ ।

यस्तै, इजरायलले गाजा क्षेत्रमा इन्धन नदिने जनाएको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले इन्धनलाई आफ्नो पूर्वाधारमा प्रयोग गर्न सक्ने इजरायलको आरोप छ । युद्धका कारण गाजामा मानवीय सङ्कट गहिरिँदै गएको छ ।

राष्ट्रसङ्घीय निकायले पनि इन्धन आपूर्ति नभए काम गर्न अप्ठ्यारो पर्ने र गाजा क्षेत्रका अस्पताल पनि बन्द हुनसक्ने चिन्ता प्रकट गरेका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा मानवीय कानुनको स्पष्ट उल्लङ्घन भएको बताउनु भएको छ ।

यसैबीच, गाजामा गएराति पनि भीषण बमबारी भएको र कयौँको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । गएको २० गतेदेखि इजरायल र हमासबीच भइरहेको युद्धमा इजरायल र प्यालेस्टाइनका गरी झन्डै आठ हजार जनाको ज्यान गएको छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ९, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।