May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १२:४७
कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री

काठमाडौं ।।

  • कोसी प्रदेशमा भइरहेको पहिचानवादी आन्दोलन अराजक बन्दै गएको
  • सीमा नाघेर अराजक गतिविधि नगर्ने छुट कसैलाई छैन
  • संविधान र कानुनलाई आफ्नो हातमा लिएर अराजक गर्न पाइदैन 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोसी प्रदेशमा भइरहेको पहिचानवादी आन्दोलन अराजक बन्दै गएको भन्दै त्यसले आन्दोलनसँगै संघीयतालाई नै जोखिममा पार्नेतर्फ सचेत गराएका छन् । संघीय संसद्अन्र्तगतको प्रतिनिधिसभाको बैठकमा संबोधन गर्र्दै गृहमन्त्री श्रेष्ठले आफना विचार राख्ने र जनमत निर्माण गर्ने स्वतन्त्रता संविधानले प्रदान गरेको भन्दै त्यसको सीमा नाघेर अराजक गतिविधि नगर्ने छुट कसैलाई नभएको बताए ।

“म फेरि भन्छु, संघीय लोकतान्त्रिक गणतन्त्र हामीले धेरै संघर्ष गरेर स्थापित गरेको हो । यसमाथि एउटा वा अर्को कोणबाट आक्रमण हुन दिनु कसैको पनि हितमा छैन,” श्रेष्ठले भने, “आन्दोलनकारी भन्ने साथीहरूलाई म भन्न चाहन्छु, सबैको आआफ्नो विचार राख्ने स्वतन्त्रता छ । संविधान र संघीय लोकतन्त्रले सुनिश्चित गरेको बाटो लोकतान्त्रिक विधि र संविधानको सीमा भित्रै रहनुपर्छ ।”

उनले पहिचानवादीको आन्दोलनले संघीयता विरोधीहरूलाई बल नपुगोस् भनेर सचेत हुन पनि आग्रह गरे । “आफन मुद्दाहरू शान्तिपूर्ण बाटोबाट राख्ने, जनमत निर्माण गर्दै कार्यान्वयन गर्न सकिन्छ,” श्रेष्ठले भने, “संविधान र कानुनलाई आफ्नो हातमा लिएर अराजक, उदंण्ड गतिविधि गर्ने, सार्वजनिक सम्पत्तिको क्षति पुर्याउने र  अरुको सुरक्षामा चुनौती खडा गर्ने कुरालाई सरकारले छुट दिन सक्दैन ।”

उनले त्यस्ता गतिविधिमा प्रत्यक्ष वा परोक्षरूपमा अन्य राजनीतिकदलहरूले पनि मलजल गर्न नहुने बताए । “यसबारे गम्भीरतापूर्वक भन्न चाहन्छ । सरकार वा राजनीतिक पार्टीहरूले पनि संयमतापूर्वक कुनै पनि प्रकारका गतिविधिका कारणले अराजक उदंड र गैरकानुनी कामलाई सहयोग नपुगोस भनेरसचेत हुनुपर्ने अवस्था छ,” श्रेष्ठले भने, “म सबै राजनीतिक दललाई । त्यसप्रत पनि सचेत हुन आग्रह गर्न चाहन्छु।”

उनले कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् भनेर सचेत गराएका छन् । “तपाईहरूले कानुन हातमा लिनुभयो भने, अराजकतलाई हतियार बजाउनुभयो भने र व्यवस्थाविरुद्ध बोल्नै संविधान विरोध गतिविधि गर्न थाल्नुभयो भने सरकार कडा कदम चाल्न बाध्य हुन्छ,” श्रेष्ठले भने, “हामीले वार्ता, संवाद र सहजीकरणको तरिका अपनाएर त्यसले अन्यथा रूप नलिओस भन्नेमा सचेतता अपनाउँदै आएका छौँ ।”

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १२:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट