April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज यूएईसँग भिड्दै नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो सुन बरामद मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै मनकामना केबलकार भोलि बन्द हुने

जिल्ला निर्वाचन कार्यालय खारेज होइन, व्यवस्थापन गर्ने हो : प्रधानमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १४:0६
जिल्ला निर्वाचन कार्यालय खारेज होइन, व्यवस्थापन गर्ने हो : प्रधानमन्त्री

काठमाडौं ।।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयपछि प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रीसँग छलफल गरेको छ । शुक्रबार भएको छलफलपछि आयोगले विज्ञप्ति जारी गरेको छ । आयोगसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्न खोजिएको नभई नयाँ ढंगले व्यवस्थापन गर्न खोजिएको भन्दै आयोगको परामर्श बमोजिम नै काम अघि बढ्ने बताएका छन् ।

छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको विषयमा आयोगको धारणा अनुसार व्यवस्थापन गरिने प्रतिवद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सो क्रममा मन्त्रीद्वयले लोकतन्त्रमा विश्वास गर्ने वर्तमान सरकारबाट आयोगको स्वतन्त्रता, स्वायत्तत्ता र क्षेत्राधिकारमा कुनै संकुचन वा प्रतिकूल प्रभाव पर्न नदिने कुरामा सचेत रहेको विश्वास दिलाएका छन् । आयोगको तर्फबाट प्रस्तुतिकरण दिएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जिल्ला निर्वाचन खारेज गर्ने सरकारको प्रस्तावले आश्चर्य तुलाएको बताएका थिए ।

उनले निर्वाचन आयोग ऐनमा निर्वाचन आयोगको संगठनात्मक संरचना र कर्मचारीको दरबन्दी आयोगको सिफारिसमा नेपाल सरकारले स्वीकृत गर्ने र आयोगको कार्य सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको बताएका छन् ।  बजेट वक्तव्यको अनुसूचीमार्फत जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावबाट आयोग आश्चर्यचकित, भ्रमित, त्रसित र सशंकित बन्न पुगेको उनले उल्लेख गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १४:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।