sweet bonanza
February 18, 2026 | बुधबार, फाल्गुन ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अर्थमन्त्री : ठूला देशहरुले गाँजा खेतीलाई प्रतिबन्ध लगाउन आग्रह गरे

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १६:१६
अर्थमन्त्री  : ठूला देशहरुले गाँजा खेतीलाई  प्रतिबन्ध लगाउन आग्रह गरे

काठमाडौं।।

  • ठूला देशहरुले गाजाँमा प्रतिबन्ध लगाउन आग्रह गरे
  • त्यसअनुसार कानुन बनेर प्रतिबन्धित भएको बताए
  • विदेशीले रोक्नु भनेपछि रोकिएको नत्र नेपालमा गाजाँको संस्कृति रहेको बताए
  • नेपाललाई रोक्न दवाव दिनेहरुले नै गाँजा खेती खुला गरेर विजनेश गर्न थाले
  • गाँजा खेतीको सम्भावना छ भनेर बजेटमा राखिएको उनको भनाइ छ
  • ठूला देशहरुले औषधिको लागि भनृर गाँजा खेती गरिरहेको छ
  • गाँजा खेती नेपालको आर्थिक उपार्जनको एउटा सम्भावना हुन सक्ने

अर्थमन्त्री डा.प्रकाशशरण महतले ठूला देशहरुले गाजाँमा प्रतिबन्ध लगाउन आग्रह गरेपछि नेपालमा त्यसअनुसार कानुन बनेर प्रतिबन्धित भएको बताएका छन्। गाँजालाई प्रतिबन्ध लगाउनु अन्यथा साहायता नै दिन्नौं भनेपछि त्यस अनुसार नेपालले कानुन बनाएर रोक लगाएको उल्लेख गर्दै उनले नेपाललाई रोक्न दवाब दिने मुलुकहरुले अहिले खुला गरेर विजशेन गरिरहेको बताए। ‘जुन देशले हिजो हामीलाई गाँजा कानुन ल्याएर रोक, नत्र हामी साहायतै दिन्नौं भन्यो। अलि अलि साहायता पनि रोकिदिएला भनेर हामीले कानुन नै बनाएर रोक्यौं’ शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने।

नेपाललाई रोक्न दवाव दिनेहरुले नै गाँजा खेती खुला गरेर विजनेश गर्न थालेका कारण नेपालमा पनि गाँजा खेतीको सम्भावनाको विषयमा अध्ययन गर्ने भनेर बजेटमा राखिएको उनको भनाइ छ सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरेको छ । गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । तर, बजेटमाथिको छलफलमा कतिपय सांसदहरुले प्रश्न उठाएका थिए ।

जवाफ दिँदै अर्थमन्त्री महतले विदेशीले रोक्नु भनेपछि रोकिएको नत्र नेपालमा गाजाँको संस्कृति रहेको बताए । ‘हाम्रो गाउँ गाउँमा चार जना ओरीपरि बसेर चिलिम तान्ने त परम्परै सामान्य हो त्यो त । हाम्रो संस्कृसत देखि नै चलिआएको कुरा हो’ उनले दोहोर्याए  , ‘अरुले रोक भन्यो अलि अलि साहायता रोकिदिएला भनेर रोक्यौं ।’ ठूला देशहरुले औषधिको लागि भनृर गाँजा खेती गरिरहेको पनि उनले सुनाए । ‘अहिले उनीहरुले जम्मै खोलेर मेडिसिनल प्रपोजका लागि, रिक्रेसनका लागि भनेर ठूलो विजनेश गरिराख्या छ । आफैँले छोडिसक्यो ।’ उनले भने ।

ठूला देशले गाँजा खेती गरेर विजनेश गरिरहेको अवस्थामा नेपालमा प्रतिबन्धित रहेकोले खोल्न हुन्न भन्ने बहस गनु उचित नरहेको उनको भनाइ छ । बरु गाँजा खेती नेपालको आर्थिक उपार्जनको एउटा सम्भावना हुन सक्ने उनको भनाइ छ । ‘हामी चाहीँ बहसमा छौं-यो किन ? यो त उच्चारण नै गर्न हुन्न’ अर्थमन्त्री महत भन्छन्, र्याशनल्ली थिंक गरौं । कसरी उपयोग गर्ने ? यसको दुरुपयोग नहोस् भन्ने कुरामा कसरी सेफ रहने ? यसको सम्भावना हेरौं । यो पनि एउटा आर्थिक सम्भावना हुन सक्छ।’

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid